नायक शाहलाई बाल यौन दुरुपयोगमा साढे दुई वर्ष कैद फैसला
जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहलाई नवलपुर अदालतले साढे दुई वर्ष कैद फैसला सुनाएको छ ।
अवैध लागुऔषधसहित १५ जना पक्राउ
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले ठूलो परिणाममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।
दुई जना चालकमाथि अभद्र व्यवहार मुद्दा दायर
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने दुईजना चालकमाथि अभद्र व्यवहार मुद्दा दायर गरेको छ ।
मानव तस्करको जालमा महिला र पुरुष दुवै फस्दै
नेपालमा १६ औं मानव बेचबिखन विरुद्धको दिवस मनाइरहँदा मानव बेचबिखन हुने प्रकृतिमा पनि बदलिएको छ ।
चोरीको मोटरसाइकलसहित एक जना पक्राउ
भक्तपुरको राधेराधेबाट चोरीको मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ बस्ने ३२ वर्षीय प्रभु बस्नेत रहेका छन् । बस्नेतलाई प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेबाट सोमबार पक्राउ गरेको हो ।
दुई लाख ७१ हजार नगदसहित १२ जुवाडे पक्राउ
सर्लाहीको हरिवन नगरपालिका–२, चिसापानीबाट जुवा खेलिरहेका १२ जना जुवाडे पक्राउ परेका छन् । उत्तरी चुरेभेगमा पर्ने चिसापानीस्थित एक छाप्रोमा जुवा खेलिरहेका सर्लाही, महोत्तरी, धनुषा र पर्साका १२ जना जुवाडे पक्राउ परेका हुन् ।
अवैधरुपमा ल्याइएको ४० बोरा चिनी बरामद
जिल्ला प्रहरी कार्यालय झापाले बाह्रदशी गाउँपालिका वडा ३ राजगढ बजारस्थित रहेको पशु हाटबाट अवैधरूपमा राखिएको ४० बोरा चिनी बरामद गरेको छ ।
बागलुङ नगरपालिका उपप्रमुखसहित पाँच जनाविरुद्ध ३४ लाखको भ्रष्टाचार मुद्दा
बागलुङ नगरपालिकाका तात्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहित पाँच जना कर्मचारीविरुद्ध ३४ लाख ८० हजार एक सय ३२ रुपियाँ भ्रष्टाचारको आरोप लागेको छ।
मोरङकाे सुधार गृहबाट १३ जना भागे, चार जना धरानमा पक्रिए
मोरङको उर्लाबारी–७ स्थित ‘जीवन बचाउ उपचार सेवा गृह’ मा उपचार गराइरहेका १३ जना दुब्र्यसकहरु भागेका छन् । भागेका दुब्र्यसकहरू झापा, मोरङ र सुनसरी जिल्लाका रहेका छन् । चार जना धरानबाट पक्राउ परिसकेका छन्।
३९ लाख नगदसहित नागढुङ्गाबाट एकजना पक्राउ
नागढुङ्गास्थित चेक प्वाइन्टमा श्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रुपियाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
हत्यागरी फरार रहेका अभियुक्त पक्राउ
प्रेमिकाको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई रुपन्देही प्रहरीले प्रक्राउ गरेको छ । हत्या भएको १९ महिनापछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । २०७७ माघ १० गते रुपन्देहीको सालझण्डी सितलापुर जङ्गलमा शव भेटिएकी एक युवतीको हत्यामा संलग्न भएको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका ७ का ३६ वर्षीय काशिराम मुरावलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।
उदयपुर घटना : हत्यामा संलग्न बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ
नगरपालिका–७ मैनामैनीका ३३ वर्षीय राजकुमार बस्नेत, ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय सुजन बस्नेतको हत्या गरिएको थियो । तीनैजनालाई नरबहादुरले खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
हात्तीको आक्रमणमा परी स्कुटी चालकको मृत्यु
झापाको मेचीनगर नगरपालिका ९ थोप्लेविराम सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्र जंगली हात्तीको आक्रमणमा परी स्कुटी चालक महिलाको ज्यान गएको छ ।
उदयपुरमा एकै परिवारका तीन जनाको हत्या
भक्तिविलास पोखरेलगाईघाट, भदौ १७ गते । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको हत्या भएको छ । शुक्रबार बिहान एकै परिवारका बाबु, आमा र छोराको शव भेटिएपछि हत्या भएको खुलेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश पोदारका अनुसार बेलका नगरपालिका ७ को मैनामैनीमा भएको घटनामा बाबु, आमा र छोराको शव भेटिएको हो । प्रहरी उपरीक्षक पोदारका अनुसार ३७ वर्षीय राजकुमार बस्नेत, उहाँकी श्रीमती ३० वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीया सुजन बस्नेतको शव भेटिएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि स्थानीय ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा उहाँको भनाइ छ । घटनाको अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पोदारले जानकारी दिनुभयो । विभत्स हत्यापछि शव खेत र खोला किनारमा फालेको अवस्थामा संकलन गरिएको उहाँले बताउनुभयो ।
फरार प्रतिवादी तुल्सीब्याखा पक्राउ
बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर–११ क्वाछे बस्ने ४० वर्षीय दिपक तुल्सीब्याखा रहेका छन् ।
छाडिएको मोबाइलबाट पत्ता लाग्यो ‘चोर’
गत मङ्गलवार राती करिब २ बजे खाँदबारी नगरपालिका ३ मानेभञ्ज्याङका वीरेन्द्र भगत श्रेष्ठको पसल चोरी गर्ने चोर पत्ता लागेको छ । चोरी गर्ने क्रममा घर बेटीले थाहा पाएपछि भाग्ने क्रममा छाडिएको मोबाइलबाट प्रहरीले चोर पत्ता लगाएको छ ।
इच्छाराजविरुद्ध चार अर्ब ७० करोडको मुद्दा
सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित परिवारका अन्य सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले सिभिल सहकारी संस्थाको रकम हिनामिना गरी आर्थिक अपचलन गरेको आरोपमा तामाङ, उहाँकी पत्नी, दुई छोरी, सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उहाँकी पत्नी श्रीमती बीना श्रेष्ठसहित छ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।
डाक्टर साहविरुद्ध बाल हिंसाको मुद्दा दर्ता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ ।
भरुवा बन्दुकसहित युवक पक्राउ
लमजुङ प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ । क्व्होलासोंथर गाउँपालिका ८ घाम्राङ घर भई वडा ९ साल्मे बस्ने २७ बर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाई छिपाई राखेको र स्थानीय मानिसलाई धाकधम्की दिनेगरेको सूराकको आधारमा खोजतलास गरी प्रक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय भोर्लेटार र नजिकैको प्रहरी चौकीबाट खोजतलास गर्नेक्रममा एउटा लोड गरेको र एउटा बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।
काठमाडौं बुद्धनगरमा ६ तला माथिबाट खस्दा किशोर किशोरीको मृत्यु
काठमाडौं, भदौ १५ गते । काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तला माथिबाट खसेर दुईजना किशोर किशोरीको मृत्यु भएको छ। प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार बुधबार साँझ निर्माणाधीन घरको ६ तला माथिबाट खसेर घाइते भएका १४ वर्षीय दुईजनाको मृत्यु भएको हो। प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार भारत बिहार स्थायी घर भएर काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोला बस्ने १४ वर्षीय किशोर र काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो स्थायी घर भएकी १४ वर्षीया किशोरीको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो।प्रहरीका अनुसार गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि सिभिल अस्पताल नयाँ बानेश्वर लगिएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्। निर्माणाधीन घरको ६ तलामाथिबाट उनीहरुले हाम फालेको स्थानीयले बताएका छन् । प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ।
घ्याल्चेन पुर्पक्षका लागि कारागार चलान
४९ लाख ५० हजार ५० रुपियाँसहित पक्राउ परेका धावा घ्याल्चेनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गत साउन १८ गते पक्राउ परेका घ्याल्चेनलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
दोहोरो झडपमा परी मृत्यु
हरितालिका तीजका अवसरमा भएको नाचगान रमाईलो हेर्न गएका एक युवाको वीरेन्द्रनगरमा दोहोरो झडपमा परी मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बामेखोलामा मंगलबार बेलुकी नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको दोहोरो झडपमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोत नखुलेको साढे २४ लाखसहित बुटवलका शाक्य पक्राउ
रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–८ सुख्खानगरका २८ वर्षीय सन्दीप शाक्य रहेको प्रहरीले जनाएको छ।
तीन हजार बढी सवारी चालक कारबाहीमा
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेका हुन् ।