बहुमूल्य मूर्ति चोरी गर्ने सात पक्राउ
बाँके प्रहरीले जिल्लाको राप्तिसोनारी गाउँपालिका –२ अगैयाबाट बहुमूल्य बुद्धको मूर्ति चोरी गरेका दुई जनालाई मुर्तिसहित प्रहरीले पक्राउ गरेको छ । ती दुई जनासहित अन्य चोरीका घट्नामा संलग्न सात जनालाई पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।
पेचिलो बन्दै मानव बेचबिखन, पीडितले पाउँदैनन् सूचनाको हक
पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेर गएको छ । मानव बेचबिखनको प्रवृत्ति (ट्रेन्ड) परिवर्तन हुँदा पीडित पक्षले झनै पीडा भोग्नुपर्ने समस्या गहिरिँदै गएको देखिएको छ ।
लागूऔषध दुर्व्यसन नियन्त्रण चुनौती बन्दै : पाँच महिनामा ८७ पक्राउ
खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागूऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणमा प्रमुख चुनौती बन्दै गएको छ ।
दाइजो माग्ने चिकित्सक पक्राउ
महोत्तरी जिल्लाको रामगोपालपुर घर भएका डा. पङ्कजकुमार चौधरीलाई दाइजोविरुद्धको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार डा. पङ्कजलाई उनकै घर रामगोपालपुर–५ बाट पक्राउ गरिएको हो। डा. पङ्कजले दाइजोको निहुँमा जिल्लाकै औरही नगरपालिका–१ घर भएकी श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकाला गर्नुभएको थियो। श्रीमतीले उहाँविरुद्ध घरेलु हिंसा र दाइजो अभियोगमा जिल्ला अदालतमा मुद्दासँगै प्रहरीमा समेत उजुरी दिनुभएको थियो।
झारफुकको बहानामा जबरजस्ती करणी
झारफुक गरी उपचार गर्ने बहानामा कपिलवस्तुमा एक महिला बलात्कृत भएकी छन् । बाणगंगा नगरपालिका १० मेचकुरी कोटियामाईथानमा मंसिर २० गते राति २७ वर्षीय महिलालाई जबरजस्ती करणी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मीनबहादुर घलेले बताउनुभयो ।
स्रोत नखुलेको २४ लाखसहित एक भारतीय नागरिक पक्राउ
धनुषामा स्रोत नखुलेको २४ लाख १७ हजार नेपाली रुपियाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
नायक शाहको मुद्दा स्थगित, पुस ११ गते सुनुवाइ हुने
नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ पाँचौँ पटक स्थगित भएको छ । नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका शाहमाथिकाे सुनुवाइ आइतबार स्थगित भएपछि पुस ११ गते पेसी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।
उपत्यकामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वर र ललितपुर महानगरपालिका –१७ बिएण्डबि आकासे पुल नजिक सडकमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
कुटपीटबाट सर्लाहीमा एकको मृत्यु
सर्लाहीको चक्रघट्टा गाउँपालिका –२, बेल्हीमा जग्गाको विवादमा कुटपीट हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो भएको घटनामा ७० वर्षीया सागर देवीको मृत्यु भएको हो ।
अख्तियारद्वारा सर्वोच्च अदालतमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
रीताको हत्या आरोपमा श्रीमान् पक्राउ
धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुर बस्ने २७ वर्षीया रीतादेवी यादवको हत्या आरोपमा श्रीमान् वीरेन्द्र यादवलाई पक्राउ गरिएको छ ।
हनी ट्रयापको आरोपमा दुई महिलासहित तीन पक्राउ
दाङमा प्रहरीले हनी ट्रयापमा पारेर पैसा बार्गेनिङ गरेर लिने गरेको आरोपमा दुई जना महिलासहित तीन जना पक्राउ परेका छन् ।
श्रीमानद्वारा श्रीमतीको बीभत्स हत्या
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका अमर बहादुर आलेमगरले पत्नीको बीभत्स हत्या गरेका छन् ।
भिनाजुले गरे सालोको हत्या
कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ कुमारीबागका गौरीलाल ढुङ्गानाले हँसिया प्रहार गर्दा एक जनाको ज्यान गएको छ । एकजना सख्त घाइते हुनुभएको छ ।
नक्कली फेसबुक पेज बनाउने महतो पक्राउ
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने १८ वर्षीय करण महतोलाई पक्राउ गरिएको छ ।
उषा राई मृत्यु प्रकरण: थप एक आरोपी पक्राउ
धरान–१३ की उषा राई मृत्यु प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठकाअनुसार घटनामा संलग्न रत्ना लिम्बूलाई पक्राउ गरिएको हो । मुख्य आरोपी उर्मिला राईलाई भने प्रहरीले मङ्सिर १५ गते र अन्य २ जना सुसेली राई र सुमित्रा राईलाई १६ गते पक्राउ गरेको थियो ।
घर बनाइदिने प्रलोभनमा गरिब परिवारको लाखौँ ठगी
रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् ।
प्रहरीद्वारा घरेलु मदिरामा कडाइ
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारको दुई तर्फिबाट आइतबार दिउँसो प्रहरीको अप्रेस सुरु भयो । सुरुमा देख्नेले कुनै ठूलै घटना भएको र त्यसको तयारीमा प्रहरी तैनाथ भएको अनुमान गरे ।
जनकपुरमा डुबेर एककाे मृत्यु
जनकपुर उपमहानगरपालिका –८ अग्नि कुण्ड बस्ने विजय पटेलकी छोरी अन्दाजी ३ वर्षीया अतिक्षा कुमारी पटेलको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
छुट्टाछुट्टै सडक दुर्घटनामा परी पाँचकाे मृत्यु
रूपन्देही, सैनामैना नगरपालिका -२ रिङरोडस्थित सडकमा लु २ त ६१८५ नम्बरको ट्याक्टरको ट्रलीबाट लडेर सोही नगरपालिका–४ झारबैरा बस्ने ६० वर्षीय ठगे थारुको आइतबार दिउँसो मृत्यु भएको छ ।
सांसद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु निष्क्रिय
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बास्कोटाको घर बाहिर फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।
माया हत्याका आरोपी कञ्चनपुरबाट पक्राउ
बैतडीको पञ्चेश्वर गाउँपालिका–४, की माया लुहारको हत्या आरोपित शिवनाथ–४, का सशस्त्र प्रहरी जवानसमेत रहेका भरत कोली पक्राउ गरेका छन् ।
हातहतियारसहित एक पक्राउ
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ बस्ने हंसराज लिम्बुका छोरा नवीनकुमार नाल्बोलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बुको भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप लागेको नाल्बोलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न दुई जना पक्राउ
महिला समूहको कुटपिटका कारण धरान उपमहानगरपालिका वडा नम्बर १३ की उषा राईको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका थप दुई जना पक्राउ परेका छन् ।