• ८ वैशाख २०८१, शनिबार

नक्कली फेसबुक पेज बनाउने महतो पक्राउ

blog

साङ्केति तस्बिर

काठमाडौं, मङ्सिर २० गते । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने १८ वर्षीय करण महतोलाई पक्राउ गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोअन्तर्गतका प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले कार्यालयको ‘साइबर ब्युरो नेपाल’ नामको नक्कली फेसबुक पेज बनाइ सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले उक्त पेजको दुरुपयोग भएको बताउनुभयो ।

चितवन रत्ननगरपालिका वडा नं. ५ झुवानीटोल बस्ने आरोपित महतोमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पाँच दिने म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।