• १३ वैशाख २०८१, बिहिबार

भिनाजुले गरे सालोको हत्या

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, मङ्सिर २१ गते । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ कुमारीबागका गौरीलाल ढुङ्गानाले हँसिया प्रहार गर्दा एक जनाको ज्यान गएको छ । एकजना सख्त घाइते हुनुभएको छ ।

मंगलबार राति ५० वर्षीय गौरीलाल ढुङ्गानाले ४० वर्षका जयराज भण्डारी र ३३ वर्षका पदमराज भण्डारीमाथि हँसिया प्रहार गरेका थिए । भण्डारी दाजुभाइलाई घाइते अवस्थामा उपचारका लागि टीकापुर अस्पताल पुर्‍याए पनि पदमराज भण्डारीको मृत्यु भएको छ ।

घाइते जयराजलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज रिफर गरेको इलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख प्रहरी नायव निरीक्षक चङ्ख कठायतले जानकारी दिनुभयो ।

फरार गौरीलाल ढुङ्गानालको खोजी गर्न इलाका प्रहरी कार्यालय जोशीपुर र भजनीबाट दुईवटा टोली परिचालन भइरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । ढुङ्गाना नाताले भिनाजु र भण्डारीहरू साला पर्दछन् ।

राति बजारबाट एउटै अटोरिक्सामा आइरहेका तीनै जना गौरीलालको घर नजिकै उत्रिएपछि विवादले उग्ररुप लिएको र घटना भएको प्रहरी नायव परीक्षक कठायतले बताउनुभयो ।