• १३ साउन २०८१, आइतबार

स्रोत नखुलेको २४ लाखसहित एक भारतीय नागरिक पक्राउ

blog

स्रोत नखुलेको रकमसहित पक्राउ परेका भारतीय नागरिक । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केवर, मङ्सिर २७ गते ।
 धनुषामा स्रोत नखुलेको २४ लाख १७ हजार नेपाली रुपियाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको विदेह नगरपालिका–९, इटहर्वास्थित सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको टोलीले भारतको मधुबनी मगपट्टी–१ बिसोल बस्ने २३ वर्षीय उमेशकुमारलाई सो रकमसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले जाँचको क्रममा प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको टङ्कीभित्र लुकाई छिपाई राखेर नेपालतर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको २४ लाख १७ हजार रुपियाँ बरामद भएको बताउनुभयो । बरामद रकम र मोटरसाइकल जनकपुर भन्सार कार्यालयमा बुझाइएको जानकारी उहाँले दिनुभयो ।