• १४ वैशाख २०८१, शुक्रबार

श्रीमानद्वारा श्रीमतीको बीभत्स हत्या

blog

नविन सुवेदी 

सुर्खेत,  मङ्सिर २१ गते । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका अमर बहादुर आलेमगरले पत्नीको बीभत्स हत्या गरेका छन् । 

हत्यापछि आलेले पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर हिँडिरहेको स्थानीयले बताएका छन् । भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

३० वर्षीया मिना आलेमगरलाई आलेले खुकुरी प्रहार गरी घाँटी काटेर हत्या गरेको प्रहरीले जनाएको छ । टाउको प्लास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले आलेलाई पक्राउ गरेको हो । 

आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।