• १३ साउन २०८१, आइतबार

हतियार सहित एक जना पक्राउ

blog

काठमाडौं, मंसिर १५ गते । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारी सहितको संयुक्त गस्ती टोलीले एक जनालाई हतियार सहित पक्राउ गरेको छ ।

गस्ती टोलीले बुधबार बर्दिया जिल्ला, बाँसगढी नगरपालिका वडा नं. ८ स्थित बनगाँई इलाकाबाट लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक नाल, भरुवा बन्दुकको जगेडा प्यारोल गोटा एक, भरुवा बन्दुकको बारुद भर्ने गज गोटा एक, बारुद १५ ग्राम, डेटोनेटर गोटा आठ, भरुवा बन्दुकको केप गोटा २१, भरुवा बन्दुकमा प्रयोग हुने ठुलो छर्रा गोटा ६५, भरुवा बन्दुकमा प्रयोग हुने सानो छर्रा गोटा ४५ र भरुवा बन्दुकमा प्रयोग हुने गोली गोटा एक सय ७५ वटासहित ती व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयलाई बुझाएको सेनाले जनाएको छ ।