• १३ साउन २०८१, आइतबार

बैतडीमा युवतीको हत्या, अर्की बालिका घाइते

blog

गोकर्ण दयाल

बैतडी, मङ्सिर १४ गते । बैतडीमा एक किशोरी घाँटी काटिएको अवस्थामा मृत फेला परेकी छिन् ।  अर्का एक १५ वर्षीया बालिका घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घाइते बालिकाको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।  

बैतडीको पञ्चेश्वर गाउँपालिका –४ सैलोडाकी २१ वर्षीया माया लुहार घाँटी काटिएको अवस्थामा बुधबार मृत फेला परेकी हुन् । सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । 

मङ्गलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका –३ कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दैजाँदा बुधबार बेलुकी ४:१५ बजे युवती माया मृत अवस्थामा फेला परेकी थिइन् । नेहा घाइते अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका –४ सैलोडाकी २१ वर्षीया माया लुहार घाँटी काटिएको अवस्थामा बुधबार मृत फेला परेकी हुन् । सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।    

पञ्चेश्वर गाउँपालिका –४, बाट मङ्गलबार हराएका माया र नेहाको खोजी गर्दैजाँदा छिमेकी शिवनाथ गाउँपालिका –६, स्थित शिवनाथ मन्दिर नजिक रहेको टेलिफोन टावरको छेउमा मायाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते बालिकालाई भने प्रहरीले पञ्चेश्वर गाउँपालिका र  शिवनाथ गाउँपालिकाको सीमानामा पर्ने बालाडाँडामा घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो ।    

उहाँले भन्नुभयो, “२१ वर्षीया मायाको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । १५ वर्षीया नेहाको पनि घाँटीको रुद्रघण्टीमाथि काटिएको छ ।” घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ । 

घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रनाउ प्रेमबहादुर शाही जिल्ला अस्पतालका चिकित्सकको टिमसहित आफै खटिएको प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनाको विस्तृत अनुसन्धान गर्न पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा प्रहरी परिचालन गरिएको प्रहरीको भनाइ छ ।