• १२ साउन २०८१, शनिबार

धनकुटामा शङ्कास्पद वस्तु फेला

blog

शंकास्पद वस्तु

कबिराज घिमिरे 

धनकुटा, मङ्सिर ५ गते । धनकुटामा शङ्कास्पद बस्तु फेला परेको छ । धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर ९ को बेलहारामा रहेको प्रहरी कार्यालयको डेढ किलो मिटरमाथि शङ्कास्पद वस्तु फेला परेको हो ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गइसकेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

नेपाली सेना घटनास्थल पुगेपछि मात्र बम भए नभएको पुष्टि हुने उहाँले जानकारी दिनुभयो ।