• १३ साउन २०८१, आइतबार

अख्तियारद्वारा पुनरावेदन

blog

काठमाडौँ, पुस २५ गते । विशेष अदालतबाट फैसला भएका आठवटा मुद्दामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । 

आयोगले आइतबार अदालतमा पुनरावेदन दिएको हो । पुनरावेदन दिइएका मुद्दामा घुस तथा रिसवत, झुटा विवरण पेस गरी नपाएको ओहदा ग्रहण गरेकालगायतका विषयसँग सम्बन्धित छन् । 

आयोगले पुनरावेदन गरेको मुद्दाका प्रतिवादी रामविश्वास राय यादव, सरोजकुमार यादव, धनबहादुर तामाङ, रामानन्द चौधरी, विस्नाकुमारी साउद, लालु गिरी, देवजङ्ग शाही, सिकन्दरप्रसाद कानु, प्रा.डा. राजकुमार रौनियार र रामहरि रौनियार छन् ।