• १३ साउन २०८१, आइतबार

बलात्कारका आरोपी क्षेत्री पक्राउ

blog

राधाकृष्ण डुम्रे

वालिङ, पुस २१ गते । वडा प्रहरी कार्यालय वालिङबाट सोमबार भागेका एक जना बलात्कारका आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका हरिनास गाउँपालिका– ७ का २४ वर्षीय रमेश क्षेत्री प्रहरीलाई लडाएर भागेका थिए । 

क्षेत्रीलाई वालिङ नगरपालिका –४ को जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएकोे वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । क्षेत्रीलाई स्याङ्जाका एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस ११ गते पक्राउ गरेको थियो । 

जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका क्षेत्रीलाई जिल्ला अदालतबाट म्याद थप गरी वडा प्रहरी कार्यालय वालिङ लैजाने क्रममा कार्यालयको पर्खाल नाघेर भागेका थिए । क्षेत्रीलाई समात्ने क्रममा प्रहरी हवलदार वीरबहादुर सुनार लडेर घाइते हुनुभएको थियो ।