• १३ साउन २०८१, आइतबार

४३ लाख रुपियाँ भ्रष्टाचार आरोपमा प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

blog

काठमाडौं, पुस १३ गते । रुपन्देहीमा कोटहीमाई गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्याङ्कन समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेसहित सात जनामाथि भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बुधबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा घिमिरेसहित आरोपितहरूमाथि ठेक्काको न्यूनतम रकमभन्दा थोरै कबोल अङ्क रहेको ए.आर.के. निर्माण सेवालाई ठेक्का दिई ४३ लाख ७० हजार रुपियाँ राजस्व चुहावट गरी भ्रष्टाचारजन्य कसुरको आरोप लागेको हो । 

यसअघि आर्थिक वर्ष २०७६/७७ को टेण्डर प्रक्रियामा रकम बाँडेर टेण्डरको मुख्य घटाई ठेकेदारसँग आर्थिक लाभ लिएको भन्ने आरोपमा अनुसन्धानका लागि उजुरी परेको आयोगले जनाएको छ ।  

गाउँपालिकाको तत्कालीन इन्जिनियर तथा बोलपत्र मूल्याङ्कन समितिका सदस्य मोहम्मद नुरुल हुसेन खाँ, प्रोप्राइटरहरू कमलेशप्रसाद बर्मा (कोहर), जयप्रकाश लाल श्रीवास्तव, अशोक राईमाथि सो आरोप लागेको हो । 

आयोगले मिलेमतोमा संलग्न निरज श्रीवास्तव भनिने जीवन श्रीवास्तव र सन्दीप तिवारी भनिने सन्दीपकुमार त्रिपाठीलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी गरी आरोपपत्र दायर भएको जनाएको छ ।