• १३ साउन २०८१, आइतबार

सात राउण्ड गोली र पेस्तोलसहित भारतीय पक्राउ

blog

पेस्तौलसहित पक्राउ परेका चन्दन कुमार । तस्बिर : शिवशंकर मिश्र

शिवशंकर मिश्र
बारा, पुस १८ गते ।
 सात राउण्ड गोली र पेस्ताैलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वीचम्पारण माेतिहारी–१६ घर बताउने ४० वर्षीय चन्दन कुमार रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले एउटा पेस्तोल र त्यसमा प्रयोग गरिने ७ राउण्ड गोलीसहित चन्दनलाई नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका कुमारलाई पचरौता नगरपालिका–४ गुलरिया सीमा नजिकै शङ्कास्पद अवस्थामा देखेपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले चेकजाँच गर्दा सो समान बरामद भएको हो ।

कुमारको साथमा मोडल नम्बर २०२२ आरएफआइको एउटा पेस्तोलमा तीन राउण्ड गोली लोड, एउटा म्याग्जिन र चार राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक अम्बर बहादुर खत्रीले जानकारी दिनुभयो ।

त्यस्तै, ११ हजार २७० भारतीय रुपियाँ, तीन वटा भारतीय आधार कार्ड र एउटा मोबाइल सेटसमेत बरामद भएको छ । पिस्तौलसहित पक्राउ परेका कुमारलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसअघि सोही जिल्लाको महागढीमाई नगरपालिका २ भुतही पुल नजिकै पुस ८ गते मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले भारत घर भएका ५० वर्षीय शिवपुजनप्रसाद यादवलाई गोली हानी फरार भएका थिए । सो घटनामा एक जना पक्राउ परेका छन् भने सशस्त्र प्रहरीले सीमा क्षेत्रमा चेकजाँचमा कडाइ गरेको बारा प्रहरीले जनाएको छ ।