ठगी आरोपमा दुई जना पक्राउ
वैदेशिक रोजगारीमा पोर्चुगल र अमेरिका पठाइदिने भन्दै लाखौँ रुपियाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
छ जनाविरुद्ध आरोपपत्र
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पाण्डेसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ। आयोगले कार्यालय प्रमुख पाण्डेसहित तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव, तत्कालीन सबइन्जिनियर नारायण ओली, रिखेबगर–गैरीकटेरी–बाघमारे दाङ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री र सचिव लालबहादुर केसीविरुद्ध ४३ लाख २२ हजार १५५ रुपियाँ ६६ पैसा भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो। आरोपपत्रमा बिगोबमोजिम जरिवाना गरी बिगोसमेत जफत गर्न माग गरिएको छ।
बैतडीमा युवतीको हत्या, अर्की बालिका घाइते
बैतडीमा एक किशोरी घाँटी काटिएको अवस्थामा मृत फेला परेकी छिन् । अर्का एक १५ वर्षीया बालिका घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घाइते बालिकाको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।
प्रेममा धोका भएपछि खुकुरी प्रहार गरी हत्या
गत मङ्गलबार राति बर्दघाट हाटबजारमा एक जना मानिसको खुकुरीले हानेर हत्या भएको छ भन्दै बर्दघाट प्रहरीलाई फोन आयो । बर्दघाट प्रहरी तुरुन्तै गतिमा आयो । प्रहरीले आफनो उपल्लो निकायलाई पनि सूचना गर्दै प्रहरीको एउटा टुकडी घटना स्थालतर्फ गयो ।
२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण
ट्राफिक प्रहरीले २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
झडपमा घाइते भएका नगरप्रहरीको नर्भिकमा निःशुल्क उपचार
थापाथलीका सुकुम्वासी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबैजनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
अख्तियारद्वारा तेह्र जनाविरुद्ध मुद्दा
नारायणी सिँचाइ व्यवस्थापन डिभिजन ब्लक–२ र १० को नहर निर्माण गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन इन्जिनियर विभागका प्रमुख मोहन झासहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। काम पूरा नभई उपभोक्ता समितिलाई नक्कली बिल बनाएर रकम निकासा गरेको आरोपमा झासहित तत्कालीन लेखा अधिकृत मुरारीप्रसाद आचार्य, ब्लक नम्बर–२ हरिहरपुर बिर्ता पर्साका अध्यक्ष कुसुमदेवी कलवार, कोषाध्यक्ष राजकिशोर प्रसादविरुद्ध पनि मुद्दा दायर गरेको छ।
बलात्कार कसुरमा दुई जनालाई १२/१२ वर्ष कैद फैसला
दुई जना बालिकालाई बलात्कार गरेको कसुरमा दुई फरक व्यक्तिलाई जिल्ला अदालत मुस्ताङले १२/१२ वर्ष कैद फैसला गरेको छ ।
ट्रयाक्टर दुर्घटनामा एक ज्येष्ठ नागरिककोे मृत्यु
झापाको बिर्तामोडमा शनिवार बेलुका धान बोकेको ट्रयाक्टर पल्टिँदा एक वृद्धको मृत्यु भएको छ । बिर्तामोड ९ कंचन टोलमा बेलुका करिब ७ बजेतिर थ्रेसर गरेको धान बोकेको प्र १–०१–००१ त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिँदा ट्रयाक्टरमा रहनुभएका ७२ वर्षीय बुद्धराज श्रेष्ठको मृत्यु भएको हो ।
कटुवा पेस्तोलसहित दुई जना बुङमतिबाट पक्राउ
ललितपुर महानगरपालिका–२५ सोह्रखुट्टेबाट कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
काठमाडौंको नरदेवीबाट सुनका गरगहना चोरी, पेस्तोलसहित छ पक्राउ
काठमाडौं महानगरपालिका–१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट विभिन्न सुनका गरगहना चोरी भएको छ ।
छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सल्यानको शारदा नगरपालिका लुहापिङस्थित त्रिभुवन जनमाध्यमिक विद्यालयको भवन निर्माणमा रकम अनियमितता गरेको आरोपमा छ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चौध जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन उपसचिव परशुराम अधिकारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालत काठमाडौँमा उक्त मुद्दा दायर गरेको हो। आयोगका अनुसार उपसचिव अधिकारीको मिलेमतोमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को कित्ता नम्बर १३९९ को ९१ दशमलव ३१ वर्गमिटर सरकारी जग्गा भक्तरत्न तुलाधरको नाममा कायम गरिएको थियो। उक्त जग्गा आफ्नो भए पनि सरकारी कार्यालयको कमजोरीका कारण सरकारको नाममा दर्ता भएकाले आफ्नो नाममा कायम गरिदिन तुलाधरले मालपोत कार्यालयमा निवेदन दिनुभएको थियो।
धनकुटामा शङ्कास्पद वस्तु फेला
धनकुटामा शङ्कास्पद बस्तु फेला परेको छ । धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर ९ को बेलहारामा रहेको प्रहरी कार्यालयको डेढ किलो मिटरमाथि शङ्कास्पद वस्तु फेला परेको हो ।
पाँच जिल्लामा ५३ राउन्ड हवाई फायर
निर्वाचनको समयमा देशभर ५३ राउन्ड हवाई फायर भएको छ । हवाई फायर भए पनि अहिलेसम्म कुनै ठाउँमा गोली चलेको छैन । पाँच जिल्लामा हवाई फायर भएको हो । रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा हवाई फायर भएको केन्दीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।
सवारी दुर्घटनामा पत्रकार एनबी कँडेलको निधन
पत्रकार एनबी कँडेल (नरबहादुर कँडेल) को सवारी दुर्घटनामा परी निधन भएको छ ।
हातहतियारसहित तीन जना पक्राउ
विभिन्न हातहतियारसहित तीन जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । बर्दियाको बासगढी नगरपालिका-२ सिमलघारीबाट विभिन्न हातहतियारसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
सट्टेबाजी गरेको आशङ्कामा दर्शक पक्राउ
नेपाल र युएईबीच जारी एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा केही दर्शकलाई प्रहरीले त्रिवि मैदान कीर्तिपुरबाटै पक्राउ गरेको छ ।
डेढ करोड रुपियाँ बराबरको अवैध सामान बरामद
रसुवामा प्रहरीले झण्डै डेढ करोड रुपियाँ बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बीओपी टिमुरेले भन्सार छली सीमा इलाकाको अस्थायी ड्राइपोर्ट रसुवामा राखिएको अवस्थामा सो सामान बरामद गरेको हो ।
सुनसरीमा सुरक्षा अधिकारीद्वारा अनुगमन
सुनसरीका सुरक्षा अधिकारीद्वारा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी मतदान स्थलहरुको अनुगमन गरिएको छ । भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएका स्थानीय तहमा रहेका मतदान केन्द्र तथा स्थलहरुकोे निरीक्षण तथा अनुगमन गरिएको हो ।
घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभागका पाण्डे पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ३० हजार नगद घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई नियन्त्रणमा लिएको छ ।
दुई जनाको हत्या अभियोगमा सोनाम पक्राउ
खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जनाको हत्या अभियोगमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भगेरी बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
गुल्मीमा ७४ वर्षीया वृद्धाको शङ्कास्पद मृत्यु
ल्मीमा ७४ वर्षीया वृद्धाको आफ्नै घरभित्र शङ्कास्पद मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ५ की ७४ वर्षीया जीवकला थापाको घरको ढोकामा ताल्चा लगाएको र घरभित्र थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।