• १३ साउन २०८१, आइतबार

करणी गरेको आरोपमा एक पक्राउ

blog

राजु लामिछाने 

रुकुमपश्चिम, माघ १५ गते । एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा रुकुमपश्चिममा एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार जबरजस्ती करणीको आरोपमा धादिङका २७ वर्षीय जनक श्रेष्ठलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले मुसिकोट नगरपालिका –१ निवासी २२ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको बताउनुभयो ।  

प्रहरीका अनुसार युवतीलाई माघ ११ गते राति उनले जबरजस्ती करणी गरेको आरोप लागेको छ । अभियुक्त श्रेष्ठलाई रुकुमपश्चिम जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।