• १३ साउन २०८१, आइतबार

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

blog

फाइल तस्बिर

काठमाडौं, माघ १५ गते । काठमाडौंको विभिन्न स्थानमा तास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित बाल्टिन होटलबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय केदार खड्कासहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई नगद एक लाख ३३ हजार ५० रुपियाँ र तीन बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका–९ विजयचोकबाट तास खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने अछाम साँफे नगरपालिका–४ घर भएका ४० वर्षीय निरज शर्मासहित नौ जना पक्राउ परेका छन् ।

सोही ठाउँमा कोठा भाडा लिई निरज शर्माले जुवातास खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ८९ हजार ४८० रुपियाँ र दुई बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।