• १३ साउन २०८१, आइतबार

प्रतिबन्धित लागूऔषध जस्तो देखिने पदार्थसहित एक पक्राउ

blog

प्रतिबन्धित लागूऔषध जस्तो देखिने पदार्थसहित पक्राउ परेका प्रलाद कार्की । तस्बिर : जिल्ला प्रहरी कार्यालय झापा

झापा, माघ १४ गते । प्रतिबन्धित लागूऔषध जस्तो देखिने पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो साढे २ बजे इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरौ हिरोइन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम ५०० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको जानकारी प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता वसन्त पाठकले दिनुभयो ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टा बसपार्कस्थित बस्ने ३० वर्षका प्रलाद कार्की रहेका छन् । कार्कीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टा ल्याई थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।