• २५ जेठ २०८२, आइतबार

स्वास्थ्य कार्यालय प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा

blog

फाइल तस्बिर

काठमाडौं, माघ १२ गते। जुम्ला जिल्लाका तत्कालीन स्वास्थ्य कार्यालय प्रमुख अङ्गदबहादुर शाहीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै प्रमुख शाहीसहित तत्कालीन स्टोरकिपर गोविन्द खनालले झुटो बिल भरपाई बनाएको आरोप लागेको छ। 

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार शाही र खनालमाथि बिगो ८१ हजार ८२२ रुपियाँ भ्रष्टाचारको आरोप लागेको छ। त्यसमध्ये पनि शाहीले कार्यालयको खर्चबाट सात हजार ७०७ रुपियाँ बराबरको रकम व्यक्तिगत प्रायोजनका लागि खर्च गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, आयोगले बाँके डडुवा गाउँपालिका कार्यालय छैटौँ पदमा कार्यरत सिताराम चौधरीले सञ्चालनमा नै नरहेको फार्मेसी सञ्चालन गरेको भनी अनाधिकार तरिकाले झुटो बिल उपलब्ध गराएको आरोप लागेको जनाएको छ। 

आरोपितमाथि सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले विज्ञप्तिमार्फत जानकारी गराएको छ।