जबरजस्ती गरेको आरोपमा पक्राउ
१४ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मधेशमा दुई दिनमा गोली प्रहारबाट दुईको हत्या
मधेश प्रदेशमा दुई दिनको अवधिमा गोली प्रहारबाट दुईजनाको हत्या भएको छ । प्रदेशको धनुषा र बारा जिल्लामा गरी दुई दिनभित्र दुई जनाको हत्या भएको हो ।
साढे दुई किलो युरेनियमसहित तीन जना पक्राउ
जितपुरको आदित्य होटेलबाट साढे दुई किलोग्राम युरेनियमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
म्यानमारका रोहिङ्ग्यालाई नेपाली नागरिकता
म्यानमारबाट आप्रवासीका रूपमा नेपालको शरण लिन आएका रोहिङ्ग्या युवकले नेपालमा झुटा विवरण पेस गरी नागरिकता र राहदानीसमेत लिएको पाइएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा काठमाडौँको कलङ्कीस्थित खसीबजारबाट म्यानमारका नागरिक ३९ वर्षीय मोहमद नुर आलमलाई पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले झुटा विवरण पेस गरी नागरिकता लिएकोबारे अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो।
म्यानमारका नागरिकले नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिएको खुलासा
एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ ।
१९ किलो अर्धठोस सुनसहित सुडानी नागरिक पक्राउ
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले आज १९ किलो अर्धठोस अवस्थाको सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ ।
झापामा जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ
आफ्नै जेठाजुको विभत्स हत्या गरेको आरोपमा झापा कनकाई नगरपालिका ४ इलुवावारीकी ४९ वर्षीया रनमाया बाँस्तोलालाई १२ घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको छ।
चार्ल्स शोभराज कतार एअरवेजबाट फ्रान्स जाँदै
अध्यागमन विभागले फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगेको छ ।
कोकिन र चरेश कारोबारमा संलग्न छ जना पक्राउ
अवैध लागूऔषध कोकिन र चरेशको कारोबारमा संलग्न तीन जना विदेशीसहित छ जना पक्राउ परेका छन् ।
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ पक्राउ
नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ ।
चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइने
सर्वोच्च अदालतको आदेशपछि शुक्रबार जेलमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइने भएको छ ।
चार्ल्स शोभराजलाई अध्यागमनको जिम्मा लगाइयो
हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।
झारफुकका नाममा त्रासद घटना
काठमाडौँ जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला गम्भीर घाइते हुनुभएको छ । गएको वर्ष झारफुकमा विश्वास गर्दा दुई जना मृत्युको मुखमा पुगेका थिए ।
चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बुधबार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आज नै कैदबाट मुक्त गर्न आदेश दिएको हो।
सवारी दुर्घटनामा परी छोराको मृत्यु आमा घाइते
कैलालीमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार बिहान गोदावरी नगरपालिका ६ लालपुरमा टिप्परले अटोलाई ठक्कर दिदा अटोमा सवार पेन्टि ठकुल्ला घाईते हुनुभएको हो । उहाँको तीन वर्षीय छोरा भरत ठकुल्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सेनाको ‘अपरेशन महाहण्ट’ : शंकास्पद पाँचसहित हतियार बरामद
नेपाली सेनाको ‘अपरेशन महाहण्ट-९’ ले सोमबार पर्सा राष्ट्रिय निकुञ्जबाट पाँच जनालाई पक्राउ गर्दै केही हतियार बरामद गरेको छ।
सार्वजनिक जग्गा व्यक्तिको बनाएको आरोपमा १४ जनाविरुद्ध मुद्दा
दश लाख ६५ हजार रुपियाँभन्दा बढी रकम बराबरको सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा सारेको आरोपमा १४ जनामाथि मुद्दा दायर भएको छ।
कीर्ते गरी बैंकबाट ६६ लाख रूपियाँ निकासा
महोत्तरी जिल्लाको मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठका महन्थलाई प्रहरीले कीर्ते गरेको आरोपमा पक्राउ गरेका छन् । नेपालको सबैभन्दा ठूलो मठको रुपमा चिनिएको लक्ष्मीनारायण मठका महन्थ जगन्नाथ दास शास्त्रीलाई महोत्तरी प्रहरीको सहयोगमा रुपन्देही प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
धनुषामा बसले मोटरसाइकलाई ठक्कर दिँदा एकजनाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–५, स्थित पूर्व–पश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
पटुकीका पैसाले वृद्धाको लियो ज्यान
काठमाडौँको तारकेश्वर नगरपालिका–६, पुसलकी ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । तारकेश्वर–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ति पक्राउ परेका हुन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । गत मङ्सिर २० गते वृद्ध महिला हराएपछि परिवारका सदस्यले प्रहरी वृत्त बालाजुमा निवेदन दिएपछि खोजी भइरहेको थियो । एक छोरा र चार छोरीकी आमा एक्लै बस्दै आउनुभएको थियो ।
मोबाइलका कारण दम्पतीको हत्या
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगरले चलाउने भिभो कम्पनीको मोबाइल घरबाटै चोरी भयो। मोबाइल खोज्नेक्रममा गाउँकै १३ वर्षीय र १५ वर्षीय (नाबालक भएकाले दुवैको नाम नखुलाइएको) दुई जनाले चोरेको पत्ता लाग्यो। मोबाइलधनी मगरले चोरी गर्ने दुई बालकलाई खाजा खान भन्दै केही पैसा दिएर फकाउँदै उक्त मोबाइल फिर्ता लिनुभयो। मोबाइल चोर्ने व्यक्ति नाबालक भएको र मोबाइल पनि फिर्ता पाएको हुनाले त्यतिखेर सो घटना त्यत्तिकै सामसुम भयो।
बहुमूल्य मूर्ति चोरी गर्ने सात पक्राउ
बाँके प्रहरीले जिल्लाको राप्तिसोनारी गाउँपालिका –२ अगैयाबाट बहुमूल्य बुद्धको मूर्ति चोरी गरेका दुई जनालाई मुर्तिसहित प्रहरीले पक्राउ गरेको छ । ती दुई जनासहित अन्य चोरीका घट्नामा संलग्न सात जनालाई पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।
पेचिलो बन्दै मानव बेचबिखन, पीडितले पाउँदैनन् सूचनाको हक
पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेर गएको छ । मानव बेचबिखनको प्रवृत्ति (ट्रेन्ड) परिवर्तन हुँदा पीडित पक्षले झनै पीडा भोग्नुपर्ने समस्या गहिरिँदै गएको देखिएको छ ।
लागूऔषध दुर्व्यसन नियन्त्रण चुनौती बन्दै : पाँच महिनामा ८७ पक्राउ
खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागूऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणमा प्रमुख चुनौती बन्दै गएको छ ।