• १० मंसिर २०८१, सोमबार

१६ किलो चरेशसहित एक जना पक्राउ

blog

लागुऔषध चरेशसहित पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर : नारद कोहार ।

नारद कोहार

तौलिहवा, फागुन १४ गते । कपिलवस्तु प्रहरीले १६ किलो लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको शिवराज नगरपालिका ९ बिजगौरी बस्ने मेघराज घर्तीको घरबाट लागुऔषध पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिनुभयो । 

प्रहरीले गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाको संयुक्त रूपमा खटिएको टोलीले लागुऔषध बरामद गरेको हो ।

घर्तीमगरलाई  पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले चालु आर्थिक वर्षको हालसम्म ब्राउन सुगर एक सय ९९ ग्राम नौ सय १८ मिलिग्राम, चरेश २१ किलो सात सय ७९ ग्राम, अफिम १५ किलो पाँच सय ६० ग्राम, नाईट्राभेट तीन सय १३ ट्याब्लेट, स्पास्मो एक सय ६४ क्यापसुल, गाँजा छ सय ६२ ग्राम र विइन्डलास एम एल बरामद गरिएको प्रहरी नायव उपरीक्षक घलेले बताउनुभयो । उहाँका अनुसार उक्त घटनाहरूमा संलग्न ५० जना पुरुष र ५ जना महिलालाई पक्राउ गरिएको छ ।