बलात्कार कसुरमा जन्मकैद फैसला
जिल्ला अदालतले २३ वर्षीय अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा गुराँस गाउँपालिका –३ सेरीवाडाका ३८ वर्षीय भद्रबहादुर बुढालाई जन्मकैद फैसला गरेको छ ।
रुखले च्यापिएर महिलाको मृत्यु
भारतसँगै सीमा जोडिएको सर्लाहीको खुटौनामा सोमबार रुखले च्यापिएर एक भारतीय महिलाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका –६, खुटौनास्थित सडक छेउमा रहेको सपेताको रुख काट्नेक्रममा सार्वजनिक बाटोमा रुख ढल्दा भारत बिहार राज्य जिल्ला सितामढी नगरनिगम –१८, नुनिया टोल बस्ने केदार महतो नुनियाकी श्रीमती तुरन्ती देवी (५०) को मृत्यु भएको हो ।
मिटरब्याजीको आरोपमा जनमत पार्टीका नेता शर्मा पक्राउ
सप्तरीमा मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मालाई सोमबार बिहान राजविराजबाट प्रहरीले पक्राउ गरेको हो ।
ताप्लेजुङमा दुई शव फेला
ताप्लेजुङमा दुई पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकामा उक्त शव फेला परेको हो ।
घुस लिएको आरोपमा खरिदार र लेखापढी सहयोगी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय बारामा सेवाग्राहीसँग घुस लिएको आरोपमा एक जना कर्मचारी र लेखापढी सहयोगीलाई पक्राउ गरेको छ ।
भन्सार विभागका तत्कालीन सुब्बाविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा
भन्सार विभाग काठमाडौंका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध दुई करोड १४ लाख ४६ हजार ६५७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
सर्लाहीका शिक्षा प्रमुखविरुद्ध नक्कली शिक्षक नियुक्त गरेको आरोप
सर्लाहीको लालबन्दी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयका शिक्षा प्रमुख वासुदेव तिमल्सिनामाथि नक्कली नियुक्तिपत्र दिएर सो बमोजिमको पदीय दुरुपयोग गरेको आरोप लागेको छ।
डोल्पामा ६९ बोरा अवैध जटामसी बरामद
अवैधरुपमा घरमा लुकाइछिपाई राखिएको अवस्थामा ६९ बोरा जटामसी डिभिजन बन कार्यालय डोल्पाले बरामद गरेको छ ।
जबर्जस्ती गरिएको कागजको विवाद ‘मिटरब्याज’
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि पीडितसँग शनिबार बिहान भेट गर्नुभएको छ। सामन्तवादको अवशेषका रुपमा रहेको यो समस्या सधैका लागि अन्त्य गर्ने आश्वासन प्रधानमन्त्री प्रचण्डले पीडितलाई दिनुभएको छ।
बाबुबाट बलात्कृत गर्भवती बालिका न्यायको खोजीमा
के जन्म दिने बाबुले छोरीलाई बलात्कार गर्न सक्छ ? सुन्दा पनि अचम्म लाग्ने यो अपत्यारिलो घटना बर्दिबासको सुदूर उत्तरवर्ती खयरमारा १० भित्री खोलास्थित भालुझोडाको हो ।
इलाम कारागारबाट थुनुवा फरार
इलाम कारागारबाट एक कैदी फरार भएका छन् ।
१७ करोडको कोकिनसहित दुई भारतीय महिला पक्राउ
लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।
स्याङ्जामा माछा मारेका तीन चिनियाँ नागरिक पक्राउ
अर्जुन चौपारी गाउँपालिका -३ चिन्नेबासमा अवैध ढङ्गले दरौखोलामा माछा मारेका तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको छ ।
सुनचाँदीका गहना चोरी गर्ने गिरोह पक्राउ
रुपन्देही प्रहरीले सुनचाँदीका गरगहना चोरी गर्ने घटनामा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाका विभिन्न स्थानमा सुनचाँदीका गरगहना चोरीमा संलग्न भएका उनीहरू बुटवल उपमहानगरपालिका –९ जितगढीस्थित कालीगण्डकी होटलबाट पक्राउ परेका हुन् ।
अनलाइनबाट ठगी गर्ने नौ चिनियाँसहित १९ जना पक्राउ
अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ।
हत्याको आरोपमा आठ पक्राउ
सात दिनअघि एक महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा देवचुली नगरपालिकाकी महिला वडा सदस्यसहित आठ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । भारतको उत्तरप्रदेश जिल्ला रामपुर क्यामरी थाना घर भई धनगढी बस्दैआएका ५० वर्षीय रिजवान खानलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रीमान् हत्या आरोपमा श्रीमती र छोरा पक्राउ
दाङमा एक व्यक्तिको हत्या भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका–२ मर्फेसमा मङ्गलबार राति ८ बजे तिर ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो ।
नापी सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंकाे मनमैंजु नापी कार्यालयमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई घुसवापत लिएको नगद तथा स्रोत नखेलेको रकम गरी करिब २५ लाख रुपियाँसहित पक्राउ गरेको छ ।
चोरी पैठारीका कपडासहित एकजना पक्राउ
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट आज सशस्त्र प्रहरीले करीब एक लाख ६० हजार रुपियाँ बराबरको चोरी पैठारीका लत्ता कपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
ट्याङ्कीमा शव भेटिएपछि वैकल्पिक रूपमा खानेपानी वितरण
ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका –४ पिपलटारका बासिन्दाको खानेपानी समस्या समाधानको लागि काम अघि बढेको छ ।
सिकारीले हानेको गोली लाग्दा एक जनाको मृत्यु
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा भरुवा बन्दुकको छर्रा (गोली) लागेर एक जनाको मृत्यु भएको छ । गए राति सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका –३ हाङ्पाङका ५२ वर्षीय ललित गुरुङको मृत्यु भएको हो ।
१३ वर्षीया वालिका बलात्कार गर्ने तामाङलाई १९ वर्ष कैद
जिल्ला अदालत दैलेखले १३ बर्षीया बालिका बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
दर्बी कर्णाली नदीमा पुरुषको लास भेटियो
आइतबार बेलुका चङ्खेली गाउँपालिका– ४ को पिप्लाङ गाउँ तल पर्ने दर्बी कर्णाली नदीमा एउटा लास भेटिएको छ ।