गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ
गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
नीरा हत्याको अनुसन्धानप्रति आशङ्का
एक साताअघि काठमाडौँको कपनस्थित सरस्वतीनगरमा धारिलो हतियार प्रहार गरी नीरा पाण्डे आचार्यको हत्या भएको घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय र आफन्तले बिहीबार प्रदर्शन गरेका छन्। दिनदहाडै पसलभित्र पसेर भएको हत्याको घटनामा प्रहरीको अनुसन्धान प्रभावकारी नभएको र अभियुक्त फेला नपरेको भन्दै हत्या भएको पसल अगाडि प्रदर्शन भएको हो।
घुस लिएको आरोपमा उद्योग विभागका शाखा अधिकृत पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र करार सेवाका कार्यालय सहयोगी दिपा थापालाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौं ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौं ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु
दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु भएको छ । दाङको बङ्गलाचुली गाउँपालिका-१ स्युजामा बिहीबार बिहान अन्दाजी ९ बजेको समयमा श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट ६४ वर्षीय श्रीमान् रेशम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।
पाण्डे हत्याको अनुसन्धान जारी
काठमाडौँको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहार गरी हत्या गरिएकी नीरा पाण्डे आचार्यको घटनामा नेपाल प्रहरीका तीनवटा छुट्टाछुट्टै टोलीबाट अनुसन्धान भइरहेको छ । गत बिहीबार दिउँसो पाण्डेले सञ्चालन गर्दै आएको नीरु किचन भाँडा पसलमा ३२ वर्षीया नीरामाथि धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
पाँचथरको याङवरकमा एक महिला मृत फेला
पाँचथरको याङवरक ६ टाहारीकी ४३ वर्षीय इन्द्रकुमारी बेघाको शव बङ्गुरको खोरमा भेटिएको छ ।
इजरायल पठाइदिने भन्दै ४८ लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीका लागि इजरायल पठाउने भनेर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सात लाखभन्दा बढी नक्कली नोटसहित महिला पक्राउ
धनुषा प्रहरीले सात लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
फरार अटोचालक पक्राउ
प्रहरीले अटोको ठक्करबाट बालिकाको मृत्यु भएपछि फरार रहेका घोराही उपमहानगरपालिका –१२ गुर्जे निवासी अटोचालक सुवास सुनारलाई २६ दिनपछि भारतको हरियाणाबाट पक्राउ गरेको छ ।
दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
मोटरसाइकल दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दार जनकराज धामीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते उहाँको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा शनिबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्कुटी र बस ठोक्किएर एकको मृत्यु
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ –३, झुम्सापुल नजिकै बस र स्कुटी एकापसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
चाबहिलका तत्कालीन नापी अधिकृतसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा
नापी कार्यालयका चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पूर्व अध्यक्ष साहविरुद्ध ३१ लाख ७४ हजारको भ्रष्टाचार मुद्दा
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष राम वल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।
करिब पाँच किलो सुनका गरगहनासहित दुई पक्राउ
नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।
झारफुकका नाममा यातना दिने पुर्पक्षका लागि थुनामा
झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
पाँच करोड १९ लाख ठगिएपछि १० जना प्रहरीको सम्पर्कमा
भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख रुपियाँ ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् ।
दाङमा श्रीमतीको शव गाडेको अवस्थामा फेला, श्रीमान् फरार
दाङमा एक जना महिलाको शव गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ । घोराही उपमहानगरपालिका –१२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै कटहरको रुख नजिक गाडेको अवस्थामा प्रहरीले बुधबार फेला परेको हो ।
अमेरिकालगायत देशमा पठाउने भन्दै करोडौँ ठगी गर्ने पक्राउ
अमेरिका लगायतका देशमा पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने भक्तपुरका उज्ज्वल खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
अनधिकृतरुपमा सालको गोलिया बिक्री
डिभिजन वन कार्यालय रौतहटका एक अधिकृतले रेलमार्गमा कटान भएको सालको गोलियालाई अनधिकृतरुपमा दाउरा आकारको काठ बनाई बिक्री गरेको खुलेको छ ।
दुर्घटनामा एकै परिवारका तीनको मृत्यु
महोत्तरीको माइस्थान समसी सडकखण्डस्थित रामनगरको जङ्गलमा बुधवार अपराह्न भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्युभएको छ ।
प्रहरीको लाठी लागेर वडाअध्यक्ष गम्भीर घाइते
त्रिपुरासुन्दरी नगरपालिका –३ सुउँका वडाअध्यक्ष सशस्त्र प्रहरीको लाठी लागेर गम्भीर घाइते हुनुभएको छ ।
पुरुष मृत अवस्थामा फेला
जिल्लाको रिव्दीकोट –५, ढकालटोलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।