सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ ।
२२७ किलो गाँजासहित दुई जना पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी राजमार्गबाट २२७ किलो ४ सय ग्राम गाँजसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
छ लेन सडकको रेलिङ चोरी
कैलालीको मोहना पुल छ लेन सडक किनारमा लगाइएको रेलिङ चोरी हुन थालेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : डायरीले खोल्यो रहस्य
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारी कसरी पक्राउ परे भन्नेबारे विभिन्न अनुमान गरिएको छ । सत्ता र शक्तिको भरपुर उपयोग गरेका व्यक्तिहरू अनुसन्धानमा तानिएको र पक्राउ परेको रहस्य एक डायरीसँग जोडिएको छ ।
सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पर्नुभएका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
घुस लिएको अभियोगमा गोकर्णेश्वरबाट तीनजना पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा गोकर्णेश्वरबाट तीनजनालाई आज पक्राउ गरेको छ ।
एमाले सचिव टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी
नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
अनियन्त्रित ट्रक घरमा ठोक्किँदा तीनको मृत्यु, पाँच घाइते
पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको बन्दिपुर गाउँपालिका –५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भएर दुई घरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
बलात्कार गरेको आरोपमा एक पक्राउ
कञ्चनपुरमा किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको जनाएको छ ।
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।
पूर्वगृहमन्त्रीका सल्लाहकार राई पक्राउ
पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ। भुटानी शरणार्थीको नक्कली कागजपत्र बनाई अमेरिका पठाउने गिरोहका मुख्य योजनाकार रहेको खुलेपछि राईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।
स्टाफ नर्स अनुपमा श्रेष्ठ मृत्यु प्रकरण : बाबुछोरा प्रहरी नियन्त्रणमा
वीर अस्पतालमा कार्यरत नर्स अनुपमा श्रेष्ठलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले प्रेमी सुजन ढकाल र निजका बाबु मुरलीप्रसाद ढकाललाई नियन्त्रणमा लिएको छ । अनुपमाले गत शनिबार ढकालको घर बोहोराटारमा पुगी आत्महत्या गर्नुभएको थियो । घटनास्थलमा प्राप्त सुसाइड नोटअनुसार कान्ति बाल अस्पतालका चिकित्सक ढकाल र अनुपमाबीच लामो समयसम्म प्रेम सम्बन्ध थियो ।
पर्साका तत्कालीन मालपोत अधिकृतविरुद्व गलत लिखत तयार पारेको आरोप
मालपोत कार्यालय, पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्यालसहित चार जनाविरुद्व गैरकानुनी रुपमा गलत लिखत तयार पारेको आरोप लागेको छ ।
यातायातका उपसचिवविरुद्ध एक करोड १५ लाखको भ्रष्टाचार मुद्दा
यातायात व्यवस्था कार्यालय, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्व एक करोड १५ लाख २९ हजार १९३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
बाँकेमा एक महिलाको रहस्यमय मृत्यु, तीन जना पक्राउ
बाँकेको कोहलपुर नगरपालिका –२ बर्दहवामा एक महिला सोमबार मृत अवस्थामा फेला परेकी छन्। स्थानीय २० वर्षीया प्रीति थारु घरमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अस्ट्रेलिया र दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
प्रहरीले वैदेशिक रोजगारिका लागि अष्ट्रेलिया र दुबई पठाउँछु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई प्रकाउ गरेको छ ।
नीरा हत्यामा संलग्न विनोद विश्वकर्मा पक्राउ
एक साताअघि काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भएको हत्या काण्डमा संलग्न भएको आरोपमा विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ।
फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन्
बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगञ्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन् ।
नीरा हत्या घटना : अनुसन्धान साँघुरो बनाउँदै प्रहरी
नीरा पाण्डे आचार्य हत्या घटना अनुसन्धानलाई प्रहरीले साँघुरो बनाउँदै लगेको जनाएको छ। काठमाडौँको कपनमा रहेको नीरू किचेनकी सञ्चालक आचार्यको पसलभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरी वैशाख ७ गते बिहीबार हत्या भएको थियो। सो हत्या घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी, सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका प्रमुख हरि बस्नेतलगायत रहनुभएको छ।
कैलालीमा बुवाद्वारा छोराको हत्या
कैलालीमा एक बुबाले आफ्नै जवान छोराको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका –६ मटियारीका ४७ वर्षीय महेशकुमार चौधरीले २१ वर्षीय छोरा अर्जुनको हत्या गरेका हुन् ।
कपन हत्या प्रकरण : एआइजीको नेतृत्वमा अनुसन्धान समिति गठन
काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्याको छानबिन तथा अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा समिति गठन भएको छ ।
खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्व घुस लिएको आरोपमा मुद्दा दायर
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्व एक लाख ५० हजार रुपियाँ घुस लिएको आरोप लागेको छ।
अवैध काठ कटान गर्नेलाई कैद र जरिवाना
अवैध काठ कटान तथा चिरान मुद्दा लागेका एक जनालाई रुकुम अदालतले कैद र जरिवाना तोकेको छ । जिल्लाको चौरजहारी नगरपालिका-१० का कमल केसीलाई १४ दिन कैद र ५० हजार जरिवानाको फैसला भएको हो ।