• ६ जेठ २०८१, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरण : डायरीले खोल्यो रहस्य

blog

काठमाडौं, वैशाख २१ गते  । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारी कसरी पक्राउ परे भन्नेबारे विभिन्न अनुमान गरिएको छ । सत्ता र शक्तिको भरपुर उपयोग गरेका व्यक्तिहरू अनुसन्धानमा तानिएको र पक्राउ परेको रहस्य एक डायरीसँग जोडिएको छ ।

पूर्वगृहमन्त्रीहरू र गृहसचिवहरूको संलग्न भएको यो घटना गुपचुप पार्ने प्रयास नभएको पनि होइन । पक्राउ परेका मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङले घटना गुपचुप पार्न अनेक प्रयास र प्रयत्न गरेको प्रहरी उच्च स्रोतको दाबी छ । अनुसन्धान पूरा नहुँदै अदालतमा मुद्दा दर्ता गराउन दबाब पनि थियो । यसै क्रममा प्रहरीले गिरोहमा संलग्न दाङका सन्देश शर्मालाई नियन्त्रणमा लिएपछि अनुसन्धान पूरा नगरी मुद्दा चलाउने अवस्था रहेन । शर्मासँगको बयानपछि प्रहरीले पक्राउ परेका सानु भण्डारीको घर तलासी गर्दा एउटा डायरी फेला पा-यो, जसमा रकम लिएका उच्च पदस्थ अधिकारीको विवरणसहितको ठगिएको रकमसमेत फेला प-यो ।

जसमा मोरङका केशव दुलाल र पूर्वगृहसचिव पाण्डेको लेनदेनका थुप्रै प्रमाण फेला परे । दाङका सन्देश शर्मा, टोपबहादुर र राईबीचको लेनदेनका प्रमाणसमेत प्रहरीले सुरक्षित राखेको जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार गिरोहमा पूर्वगृहमन्त्रीहरू, अन्य पूर्वगृहसचिवहरूको पनि संलग्नता देखिएको छ । कतिपय प्रमाण अप्रत्यक्ष खालका देखिएकाले प्रहरीले ठोस प्रमाण सङ्कलन गरिरहेको जनाएको छ ।    

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।