• ११ मंसिर २०८१, मङ्गलबार

घुस लिएको अभियोगमा गोकर्णेश्वरबाट तीनजना पक्राउ

blog

काठमाडौं, वैशाख २० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा गोकर्णेश्वरबाट तीनजनालाई आज पक्राउ गरेको छ । 

काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नं.३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहनप्रसाद कुइकेल र बालुवा डिपो सञ्चालक सुसान्त कुइकेललाई घुस रकमसहित पक्राउ गरेको आयोगले जनाएकाे छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार, गोकर्णेश्वर न.पा.बाट मर्मत तथा निर्माणको काम लिई ठेक्कामा लगाएपश्चात सेवाग्राहीबाट बाटो स्तर उन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस लिएकाले पक्राउ गरिएको हो । 

आयोगको टंगालबाट खटिई गएको टोलीले लक्ष्मण अधिकारी, मोहनप्रसाद कुइकेल र सुसान्त कुइकेललाई सेवाग्राहीबाट एक लाख रुपियाँ घुस र रिसवत लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । साथै उक्त रकमसहित ३० हजार रुपियाँको चेक पनि प्राप्त भएको अख्तियारले जनाएको छ ।