प्रशासकीय अधिकृतविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं, चैत २६ गते । ईशनाथ नगरपालिका रौतहटका तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार एक करोड ४९ लाख ९७ हजार ८६३ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
नक्कली अनलाइन विज्ञापनमार्फत् ठगी गर्ने पक्राउ
महँगा आइफोन, मोबाइल सेट अनलाइन विज्ञापनमार्फत सस्तो मूल्यमा बिक्री गर्ने भनेर ठगी गर्दै आएका उपेन्द्र शाही पक्राउ परेका छन्।
डिजिटल ठगी गरी ६० लाख लिने व्यक्ति पक्राउ
डिजिटल ठगी गरी ६० लाख रुपियाँ लिने पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. २ घर भएका वर्ष २६ को विश्व शर्मालाई साइबर ब्युरोले पक्राउ गरेको छ ।
भारतीय सुरक्षा वलद्वारा नेपाली लुटिए
भारतवाट मजदुरी गरेर नेपाल आउदै गरेका नेपाली सिमा सुरक्षावल (एसएसपी) बाट लुटिएका छन् । नेपाल र भारतको सिमा वनवासा गड्डाचौकीमा नेपाली मजदुर भारतीय सुरक्षा वलबाट लुटिएका हुन् ।
बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । मानेभन्ज्याङ गाउँपालिका–२ का गोपाल कटुवाललाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
४० फरार अपराधी पक्राउ
ओखलढुङ्गामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४० जना फरार अपराधी पक्राउ परेका छन् । अदालतबाट कसुर ठहर भई सजाए पाएका ४० जना फरार अपराधी पक्राउ परेका हुन् ।
१८० किलो गाँजासहित भारतीय नागरिक पक्राउ
ठूलो परिणाममा लागु औषध गाँजासहित चितवन प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
कारागारका थुनुवा फरार
स्वास्थ्य परीक्षणका लागि जनकपुर लगिएका जलेश्वर कारागारका एक थुनुवा फरार भएका छन् । हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लोहरपट्टी नगरपालिका ९ खुट्टापिपराडीका २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य क्लिनिकबाट शुक्रबार अपराह्न फरार भएका हुन ।
तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ
उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित तिब्बतियन शरणार्थीलाई पक्राउ गरेको छ।
सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा एक युवक पक्राउ
नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
नक्कली नोटसहित सर्लाहीबाट एक जना पक्राउ
प्रहरीले सर्लाहीको बरहथवाबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। बरहथवा नगरपालिका –१७ कटानीबाट एक हजार दरको दुई लाख ६८ हजार रुपियाँ नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो।
बीमा रकम दिलाइ दिन्छु भनी ठगी गर्ने ६ पक्राउ
वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै मृत्यु भएकाहरूको परिवारलाई बीमा रकम दिलाई दिन्छु भनी परिवारका सदस्यलाई प्रलोभनमा पारी ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुर्घटनामा कार्कीको मृत्यु
महोत्तरीको बर्दिबास नगरपालिका –१ स्थित पूर्व–पश्चिम लोकमार्गमा आज शुक्रवार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गोङ्गबुमा प्रहरीको स्विप अपरेसन, सतहत्तर जनाविरुद्ध मुद्दाको तयारी
जिल्ला प्रहरी कार्यालय काठमाडौँले गोङ्गबुस्थित नयाँ बसपार्क क्षेत्रबाट पक्राउ परेका ७७ जना विरुद्ध अभद्र अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
दिदीबहिनी मृत्युको अनुसन्धान सुरु
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–३, रन्मामा दुई दिदीबहिनी बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । हेलिकोप्टरमार्फत बिहीबार दिउँसो नेपालगञ्जबाट तालिमप्राप्त कुकुर घटनास्थलमा पु-याएको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जानकारी दिएको छ । सडक सञ्जाल र फोन सेवाको पहुँचमा नभएको रन्मा गाउँमा घटना अनुसन्धान र सम्पर्क गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।
सप्तरीमा विषादी सेवनबाट एक युवकको मृत्यु
सप्तरीको कंचनरुप नगरपालिका ३ दास टोलका २२ वर्षीय एक युवकले विषादी सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
रुकुमपूर्वमा दुई दिदी–बहिनी मृत फेला
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदी–बहिनी मृत फेला परेका छन् । बिहीबार बिहान पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मा गाउँका एकै घरका दुई दिदी–बहिनी मृत फेला परेका हुन् ।
अमेरिकी डलर साट्ने प्रलोभनमा लुटपाट: पाँच जना पक्राउ
अमेरिकी डलर साटिदिने प्रलोभनमा लाखौं रुपियाँ लुटपाट गर्ने पाँचलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहटमा एक नक्कली परीक्षार्थी पक्राउ
माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत बुधबार नेमधारी वासुदेव माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनीसहित तीन जनाविरुद्ध एक लाख ९९ हजार ८९७ हजार भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
वडा कार्यालयमा आगजनी गर्ने एक पक्राउ
चैत ९ गते राति माङ्सेबुङ गाउँपालिका –५ को कार्यालयमा आगो लगाएको घटनामा संलग्न भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
इन्द्रसरोवरमा डुङ्गाबाट हाम्फालेर एक युवक बेपत्ता
मकवानपुरको मार्खुस्थित इन्द्रसरोवर तालमा हाम्फालेर एक युवक बेपत्ता भएका छन् । काठमाडौँको छैमलेबाट घुम्न आएका ३३ वर्षीय राजकुमार सुवेदी काठले बनेको डुङ्गामा चढेर तालमा घुम्ने क्रममा हाम्फालेर बेपत्ता भएका हुन् ।
उच्च अदालतको फैसलाविरुद्ध पूर्व मन्त्री पाण्डेसहित २१ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन
पूर्व मन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
चुरेको विकट जङ्गलमा ठूलो परिमाणमा चिरान काठ बरामद
बर्दिबास १० स्थित चुरे क्षेत्रमा पर्ने भालुझोडाको विकट क्षेत्रबाट वनकर्मीको गस्तीले ठूलो मात्रामा चिरान काठ बरामद गरेको छ ।