• ५ जेठ २०८१, शनिबार

कारागारका थुनुवा फरार

blog

रवीन्द्र उप्रेती

बर्दिबास, चैत २५ गते । स्वास्थ्य परीक्षणका लागि जनकपुर लगिएका जलेश्वर कारागारका एक थुनुवा फरार भएका छन् । हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लोहरपट्टी नगरपालिका ९ खुट्टापिपराडीका २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य क्लिनिकबाट शुक्रबार अपराह्न फरार भएका हुन । 

जिल्ला प्रहरी कार्यालयका अनुसार खुट्टामा समस्या आएको बताएपछि यादवलाई अन्य ५ जना बिरामी कैदीसाथ स्वास्थ्य जाँचका लागि उक्त क्लिनिक लगिएको थियो । शौचालय जाने बहानामा यादवले भेन्टिलेसन फुटाली फरार भएको जिल्ला प्रहरीका प्रवक्ता तथा डिएसपी दिलीप गिरीले बताउनुभयो ।  

 गिरीका अनुसार जनकपुर उपमहानगरपालिका -७ का अर्जुन महतोको हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतको आदेशले यादवलाई गत भदौ २५ गतेदेखि पुर्पक्षका लागि जलेश्वर कारागारमा राखिएको थियो ।