• ८ वैशाख २०८१, शनिबार

वडा कार्यालयमा आगजनी गर्ने एक पक्राउ

blog

कोकिला ढकाल 

इलाम, चैत २२ गते । चैत ९ गते राति माङ्सेबुङ गाउँपालिका –५ को कार्यालयमा आगो लगाएको घटनामा संलग्न भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माङ्सेबुङ गाउँपालिका –३ का ३९ वर्षीय आशिष् भनिने हस्तबहादुर लिम्बु रहेका छन् । घटना भएलगतै अनुसन्धान थालेको प्रहरीले मंगलबार राति लिम्बुलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।  

आगजनी गरेपछि लिम्बुले चोरी गरी लगेका वडा कार्यालयबाट कम्प्युटर, मनिटर, राउटर, माउस, किबोर्डसहितका सामग्री समेत बरामद गरिएको जनाइएको छ । लिम्बुले के कारणले वडा कार्यालयमा आगजनी गरेका हुन् भन्ने खुलिनसकेको र आगजनी तथा चोरी मुद्दा दर्ता गरी उनीमाथि सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।