अनलाइनमार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
अनलाइनमार्फत १५ लाख २० हजार रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्के हुनुुहुन्छ ।
देशका विभिन्न स्थानमा सडक दुर्घटनामा चारकाे मृत्यु
दक्षिणकाली नगरपालिका –२ ग्वालदहस्थित सडकमा बागमती प्रदेश ०१ –००३ क ८६९० नम्बरको गाडीको ठक्करबाट नुवाकोट बेल्कोटगढी नगरपालिका–१ घर भएका २४ वर्षीय संदिप तामाङको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिसिटि अस्पताल भैंसेपाटी ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ठगी आरोपमा पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बेलायती नागरिक (पुरुष)को आवरणमा नेपाली युवतीलाई ठगी गरेका ललितपुरको महालक्ष्मी नगरपालिका–१ की अञ्जली बिसुन्केलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालबाट आफू बेलायती नागरिक फ्य्राङ्कलिन पाउलको परिचय दिई बिसुन्केले विभिन्न नेपाली युवतीसँग कुराकानी गर्ने गरेको खुलेको छ । परिचय गर्नेक्रममा अञ्जली बिसुन्केले आफ्नो बेलायती श्रीमतीको मृत्यु भइसकेको र नेपाल आएर विवाह गर्ने भन्दै युवतीलाई प्रलोभनमा पारी ठगी गर्ने गरेको पाइएको छ ।
अख्तियारद्वारा पुनरावेदन
आफूले दायर गरेको मुद्दामा विशेष अदालतबाट भएकोे फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा मुद्दामाथि सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले दाबी गरेको प्रतिवादी ताराकुमारी श्रेष्ठ, अनिश जोशी र राम खड्काको मुद्दामा विशेष अदालतले गत कात्तिक २ गते फैसला गर्दै सफाइ दिएको थियो । तीनै जनालाई घुस लिएर भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको थियो ।
पत्रकारमाथि भएको आक्रमणको निन्दा
कैलालीको धनगढीमा कार्यरत पत्रकार शेरबहादुर ऐरमाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घसहित पत्रकारका सङ्गठनले निन्दा गरेका छन्।
हिरासतभित्रै आत्महत्या प्रयास
जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतभित्र एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । हाडनाता जबरजस्ती करणीमा पक्राउ परेका बनगाड कुपिण्डे नगरपालिकाका ३४ वर्षीय थुनुवाले हिरासतभित्रै ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन् ।
क्याम्पसबाट खुकुरीसहित एक जना पक्राउ
रत्न राज्यलक्ष्मी क्याम्पसबाट खुकुरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
साढे आठ हजार बिरुवा नष्ट गरेको आरोपमा वडाध्यक्ष पक्राउ
वन अतिक्रमित जग्गामा रोपिएको बिरुवा काटेर, उखेलेर नष्ट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन्।
भित्री वस्त्रमा २० ग्राम ब्राउन सुगर
बिर्तामोड, फागुन २७ गते। भित्री वस्त्रमा लागू औषध लुकाएको आरोपमा एक महिला पक्राउ परेकी छन्। झापाको भद्रपुर-गलगलिया नाकाबाट ब्राउनसुगर भित्र्याउने साविक तोपगाछी गाविस ५ घर भइ हाल विर्तामोड नगरपालिका- १ स्थित हनुमानगरमा बस्ने ३४ वर्षीया मञ्जु चापागाईंलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। शुक्रबार बिहान साढे १० बजेको समयमा प्र-१-०१-०१३ नम्बरको स्कुटर चढेर भारतबाट नेपालतर्फ आइरहेकी चापागाईंलाई मेची पुलमा तैनाथ सशस्त्र प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा लागू औषध फेला पारेको हो। उनले लगाएको भित्री वस्त्रबाट १९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर रामकुमार घिमिरे नेतृत्वको टोलीले उनलाई ब्राउनसुगर, नेपाली पाँच हजार ७५ रुपियाँ र ७ सय ९९ भारतीय रुपियाँसहित पक्राउ गरेर आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाएको छ।
प्रहरीद्वारा अवैध काठ बरामद
जिल्ला प्रहरी कार्यालय डोल्पाले अवैध काठ बरामद गरेको छ ।
भारतमा मजदुरी गर्न गएका युवकको हत्या
भारतमा मजदुरीका लागि गएका सर्लाहीका एक युवकको हत्या भएको छ । दक्षिणी सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२ का ४० वर्षीय रोजा बैठाको भारतीय युवकले कुटपिट गरी हत्या गरेको हो ।
तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० का अध्यक्ष शम्भुप्रसाद मैनालीसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। जग्गाको मूल्याङ्कन गर्दा मूल्याङ्कन पुस्तिकामा उल्लेख भएभन्दा कम मूल्य राखेर राजस्व हिनामिना गरेको आरोपमा मैनालीविरुद्ध मुद्दा दायर गरिएको हो। मैनालीले सोही नगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा जोडिएको उक्त वडाको नयाँरोड बजारमा रहेको जग्गाको बसकपत्र लिखत पारित गर्दा बाटो नभएको भनी प्रमाणित गरेको र सो कार्यबाट नौ लाख ३६ हजार रुपियाँ सरकारी राजस्व हिनामिना भएको आयोगको दाबी छ। मैनालीलाई सोही रकम बराबर बिगो र भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ।
छ सय एम्पुल लागुऔषधसहित दुई पक्राउ
जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई गिरफ्तार गरेको छ । छ सय एक एम्पुल लागुऔषधसहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको जानकारी गराएको छ ।
एक लाख घुससहित शिक्षा अधिकृत पौडेल पक्राउ
ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख घुससहित पक्राउ पर्नुभएको छ ।
बलात्कार आरोपमा १२ वर्ष कैद सजाय
जिल्ला अदालत बागलुङले १२ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोगमा पक्राउ परेको एक जना ७५ बर्षीय वृद्धलाई १२ बर्ष कैद सजाय तोकेको छ ।
कुटपिटबाट पत्रकार चौधरी घाइते
पत्रकार नवीन चौधरीमाथि कुटपिट भएको छ । उहाँलाई उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा भर्ना गरिएको छ ।
अमेरिकाको पार्सलमा सात किलो गाँजा ! तीन जना पक्राउ
अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ।
प्रहरीद्वारा मुचुल्का नगरी लगेको लाखौँको सामान फिर्ता
नेपाल प्रहरीको लागु औषध ब्युरो अन्तरगत झापामा परिचालित टोलीले दमकस्थित एक घरबाट एक महिना अघि गरेको एउटा सर्च र कारबाही प्रक्रियाको क्रममा लगेको विभिन्न सामान प्रहरीले सम्बन्धित परिवारलाई फिर्ता गरेको छ ।
कौडा खेलिरहेको अवस्थामा नौ जना पक्राउ
कौडा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका५ बस्ने २७ वर्षीय महेन्द्र दाहाल समेत नौ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
सीआइबीका जवान मृत भेटिए
पिकनिक मनाउन गएका केन्द्रीय अनुसन्धान ब्युराे (सीआइबी) का एक सूचक मृत भेटिएका छन् । जीवन बुडाल नाम गरेका उनको शव भेटिएको र शव नजिकै विस्फोटक पदार्थ भेटिएको प्रहरीको भनाइ छ ।
सीमा क्षेत्रमा विदेशी मुद्रा सटही गर्ने नौ जना पक्राउ
सीमा क्षेत्रमा बिना अनुमति विदेशी मुद्रा सटही गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान महोत्तरीको सीमानाका भिट्ठामोडबाट ठूलो मात्रामा भारतीय रुपियाँसहित प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
शङ्कास्पद अवस्थामा बालिकाको शव फेला
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा शङ्कास्पद अवस्थामा बालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार घरबाट हराएको तीन सातापछि बालिकाको शव फेला परेको हो ।
सर्लाहीको बाँके जङ्गलमा दुर्घटना, एक जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा पिकअप र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–१०, का ३४ दीपक स्याङतानको मृत्यु भएको हो ।
बोलेरो दुर्घटनाका मृतकको पहिचान खुल्यो
आइतबार बिहान चिशंखुगढी गाउँपालिकादेखि ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान ज्यान गएको छ ।