• ११ मंसिर २०८१, मङ्गलबार

खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्व घुस लिएको आरोपमा मुद्दा दायर

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख १५ गते। खाद्य प्रविधि तथा गुण  नियन्त्रण विभाग, बबरमहलका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्व एक लाख  ५० हजार रुपियाँ घुस लिएको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ढुङ्गेलले सेवाग्राहीसँग अनुज्ञापत्र दिने प्रयोजनका लागि सो रकम लिएको जनाइएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम शुक्रबार जरिवाना हुने मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।  (यसअघि भुलबस गलत शीर्ष प्रकाशित भएकोमा सच्याइएको छ । यसबाट पर्नगएको असुविधाप्रति क्षमाप्रार्थी छौँ –सम्पा)