• २२ पुस २०८१, सोमबार

पर्साका तत्कालीन मालपोत अधिकृतविरुद्व गलत लिखत तयार पारेको आरोप

blog

अख्तियार दुरुपयोग अनुसन्धान आयोग । फाइल तस्बिर

काठमाडौं, वैशाख १९ गते । मालपोत कार्यालय, पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्यालसहित चार जनाविरुद्व गैरकानुनी रुपमा गलत लिखत तयार पारेको आरोप लागेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले मंगलबार विज्ञप्ति जारी गर्दै अर्यालसहित तत्कालीन नायब सुब्बा लेखनाथ भट्टराईले साविक अलौं गाविस वडा नम्बर ५ को कित्ता नम्बर ९२ ऐलानी÷सार्वजनिक जग्गाको गलत लिखत तयार पारेको आरोप लागेको जनाइएको छ । 

यससँगै, वीरगंज महानगरपालिका वडा २ का ज्याउल हक र एसानुल हक राकीले सो जग्गामा बनेको घर स्वामित्व खुल्ने कागजात बेगर राजीनामा लिखत पारित गर्ने कार्यमा प्रतिवादी अर्याल र भट्टराईलाई सहयोग गरेको आरोप लागेको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम गलत लिखत तयार गर्ने कसुरको मतियारको रुपमा कार्या गरेको आधारमा आरोपितमाथि सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।