गैँडाको खागसहित तीन पक्राउ
ललितपुर महानगरपालिका –४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग(ओखेटोपहार) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारी लुट्ने चार जना पक्राउ
गत वैशाख १८ गते राति काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको रकम चोरी गरेको आरोपमा प्रहरीले २४ वर्षीय अमृत थिङ लामा, २९ वर्षीय गम्भिर भन्ने सोमलाल थिङ, ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामालाई पक्राउ गरेको हो ।
एकल महिलालाई कुटपिट गरी ‘जंगी बाबा’ फरार
झापाको कनकाई नगरपालिका ४ स्थित धृतकौशिक गोत्रिय प्रतिष्ठानमा रहनुभएकी एक महिलामाथि कुटपिट गरेर ‘जंगी बाबा’ भनिने योग गुरु फरार भएका छन् ।
पूर्वी नवलपरासीमा लगभग शून्य अपराधिक घटना
जिल्ला प्रहरी कार्यालय नवलपुरमा अपराधिक घटनामा कमी भएको पाइएको छ । ठगी, कालोबजारी, अपहरण तथा शरीर बन्धक, अवैध चन्दा सङ्कलन, सरकारी छाप दस्तखत कीर्ते, सङ्गठित अपराध र हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा जस्ता सङ्गठित अपराध पूर्वी नवलपरासी (नवलपुर) मा लगभग शून्यको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
२ वटा पेस्तोलसहित ३ जना पक्राउ
धरान उपमहानगरपालिकाबाट २ वटा पेस्तोलसहित ३ जनालाई पक्राउगरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
नहरमा डुबेर युवतीको मृत्यु
झापा शिवसताक्षी नगरपालिका १० स्थित सिँचाइको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर एक युवतीको ज्यान गएको छ ।
किरातेश्वर कन्स्ट्रक्सनलाई दैनिक ३२ हजार जरिवाना
अर्जुन चौपारी गाउँपालिकाले किरातेश्वर कन्स्ट्रक्सन ब्रिलिङ कम्पनी प्रालि सुकेधारा काठमाडौँलाई दैनिक ३२ हजार ४९२ रुपियाँ ४७ पैसा जरिवाना गर्ने भएको छ ।
एकै रात पाँच घरमा चोरी
स्याङ्जाको गल्याङमा एकै रातमा पाँच घरमा चोरी भएको छ । आइतबार राति गल्याङ नगरपालिका –३ का पाँच घरबाट नगद, सुनचाँदी, लत्ताकपडा लगायतका सामग्री चोरी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालकलाई कारबाही
नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ ।
टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई आज (सोमबार) म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।
मदन राईलाई सात दिन थुनामा राख्न अनुमति
बाल यौन दुरुपयोग कसुरमा शनिबार पक्राउ परेका राईलाई आइतबार जिल्ला अदालत खोटाङले सात दिन थुनामा राख्न अनुमति दिएको हो।
पूर्व गृहमन्त्री खाणलाई दोस्रो पटक जिल्ला अदालत लगियो
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ नेपाली कांग्रेस नेता पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई दोस्रो पटक जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।
हतियारसहित भारतीय नागरिक पक्राउ
महोत्तरी जिल्लाको हलखोरीबाट प्रहरीले एक जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ ।
पूर्व सभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रतीकलाई पक्राउ गर्न अदालतको अनुमती
पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ ।
भ्रष्टाचारका अरु फायल पनि खुल्छन् : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा कसैको मुख नहेर्ने बताउनुभएको छ ।
यौन दुर्व्यवहार आरोपमा कृषिविज्ञ राई प्रहरी नियन्त्रणमा
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्का) संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झ्यालबाट टाउको निकालेका यात्रुको मुत्यु
बसको झ्यालबाट टाउको निकालेका एक जना यात्रुको पिकअपको ठक्करबाट मुत्यु भएको छ । मुत्यु हुनेमा पर्साको कालिकामार्इ गाउँपालिका –२ भेडियाही बस्ने ५२ बर्षीय नागेन्द्र महतो नुनिया रहेको जिल्ला ट्राफिक कार्यालय निजगढले जनाएको छ ।
कोहलपुरकी एक युवतीको नेपालगञ्जमा मृत्यु
कोहलपुरकी एक युवती नेपालगञ्जमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–६ रझेनाकी २२ वर्षीया सुमित्रा रानी थारु मृत अवस्थामा नेपालगञ्जमा फेला पर्नुभएको हो ।
विद्यालयको ढोका फोडेर कम्प्युटर चोरी
सर्लाहीको हरिपूर्वा नगरपालिका –३, धनकौलमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा बिहीबार राति चोरी भएको छ । ढोकाको चुक्कुल फोडेर भित्र रहेका कम्प्युटर र अन्य सामग्री चोरी भएको प्रधानाध्यापक हरिनारायण महतोले जानकारी दिनुभयो ।
२६ थान अवैध काठ बरामद
बाँके नरैनापुर गाउँपालिकाबाट नेपालगञ्जतर्फ लैजाँदै गरेको २६ थान अवैध सालको काठ सशस्त्र प्रहरीले बरामद गरेको छ ।
भीरबाट लडेर एक पुरुषको मृत्यु
भीरबाट लडेर तनहुँमा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङको मृत्यु भएको हो ।
कांग्रेसले नेता खाणमाथि अनुसन्धानपछि कारबाहीबारे निर्णय गर्ने
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लागे पछि नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई बुधबार निलम्बन गरेको छ ।
पूर्वगृहमन्त्री खाणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिँदै
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पक्राउ गरेको छ ।