• १२ साउन २०८१, शनिबार

पूर्व गृहमन्त्री खाणलाई दोस्रो पटक जिल्ला अदालत लगियो

blog

प्रहरीको घेरामा पूर्व गृहमन्त्री बालकृष्ण खाण । फाइल तस्बिर

काठमाडौं, वैशाख ३१ गते। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ नेपाली कांग्रेस नेता पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई दोस्रो पटक जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। 

अदालतबाट चार दिनको म्याद प्राप्त भएको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । सङ्गठित अपराधमा अनुसन्धान भइरहेकाले प्रहरीले उनीहरुलाई ६० दिन हिरासतमा राखेर आवश्यक काम कारबाही अघि बढाउन पाउँछ । उक्त प्रकरणको अनुसन्धानमा प्रहरीले ५० दिन कटाइसकेको छ । 

“अब आठ–नौ दिनमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइने छ”, काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले भन्नुभयो, “यो बीचमा अन्य आरोपीहरुको खोजी, प्रमाणहरु सङ्कलन जारी नै रहनेछ ।” 

 नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा उहाँलाई आइतबार जिल्ला अदालत काठमाडौंमा दोस्रो पटक उपस्थित गराइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंको माग बमोजिम पूर्व गृहमन्त्री तथा कांग्रेस नेता खाणसहित १२ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालत लगिएको हो। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसहित पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका साथै केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा (एमाले) सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ परेका छन्। 

भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहदुर थापाका छोरा प्रतिक, पूर्व गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज र पूर्व सभासद आङटावा शेर्पा अझै फरार छन्।

यो पनि पढ्नुहोस

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालतमा लगियो

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ