• १२ साउन २०८१, शनिबार

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालतमा लगियो

blog

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौं लाने तयारी गर्दै प्रहरी। तस्बिर : कविन अधिकारी

काठमाडौं, वैशाख २७ गते। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले बुधबार काठमाडौं जिल्ला अदालत लगेको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि खाणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो। अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराएको हो। 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायका अनुसार थप सोधपुछ र प्रमाण जुटाउन अनुसन्धानलाई प्रभावकारी बनाउन उहाँलाई पक्राउ गरिएको  हो। 

यो पनि पढ्नुहोस

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव केसी पक्राउ