• १३ साउन २०८१, आइतबार

पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव केसी पक्राउ

blog

पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी ।

काठमाडौं, वैशाख २७ गते । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ पर्नुभएको छ । प्रहरीले उहाँलाई आज (बुधबार) बिहान जडीबुटीबाट पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैगरी, सोही घटनाको अनुसन्धानका लागि पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पनि प्रहरीले चुच्चेपाटीस्थित उहाँकै निवासबाट आजै नियन्त्रणमा लिएको थियो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगेको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ ।

उक्त घटनाका अर्का आरोपित नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहनुभएकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ । जिल्ला प्रहरी परिसरले उहाँ विरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म १०६ जनाले २० वटा जाहेरी दिइसकेको बताइएको छ । उक्त घटनाका पीडितहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको जाहेरीमा उल्लेख गरेका छन् । रासस

यो पनि पढ्नुहोस

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ