शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ३ गते । गायक जयराम घिमिरेको शब्द तथा स्वरमा ‘गरौँ योग’ बोलको योग अभ्याससम्बन्धी गीत सार्वजनिक भएको छ । शारीरिक रूपमा स्वस्थ एवं मानसिक रूपमा आनन्द प्राप्तिका लागि योग नै उच्चतम उपाय हो भन्ने कुरा गीतमार्फत बताउन खोजिएको छ ।
योगले शरीर, मन र आत्मलाई एकाकार बनाई मन, शान्त र स्थिर रहन मद्दत गर्दछ । योग निरन्तर अभ्यासले शारीरिक, मानसिक र आध्यात्मिक व्यक्तित्व विकास हुन्छ भन्ने जस्ता कुरालाई गीतमा समेटिएको छ । गीतमा गायक घिमिरेलाई रेणुका खतिवडाले साथ दिनुभएको छ । सुफिक्स मदनको सङ्गीत तथा एरेन्ज रहेको गीतलाई गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ । गीतको ग्राफिक्स डिजाइन सविन नेपालीले गर्नुभएको छ ।