सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
गोली भरिएका दुई थान हतियारसहित प्रतिवादी पक्राउ
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका एक फरार प्रतिवादीलाई गोली भरिएका दुई थान हतियारसहित उदयपुरको वेलका नगरपालिका वडा नं. ३, टप्पु क्षेत्रबाट पक्राउ गरिएको छ ।
वर्षमान निवासमा अञ्जानमा गोली पड्केको प्रहरीकाे दाबी
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन निवासमा शुक्रबार राति गोली पड्केको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीका अनुसार गोली नियतवश नभई अञ्जानमा पड्किएको जानकारी दिनुभयो ।
फिल्मी शैलीमा ३२ लाख लुट्ने चार जना पक्राउ
झापामा फिल्मी शैलीमा महँगो जग्गा सस्तोमा दिने भन्दै ३२ लाख ठगी गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । जग्गा बैना भनेर ३२ लाख रुपियाँ लिएर फरार भएकाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
वन क्षेत्रबाट हथियारसहित एक पक्राउ
हतियारसहित वन क्षेत्र प्रवेश गरेका अवैध सिकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बर्दिबास १४ नमुना वस्तीका ४९ वर्षीय भीम भन्ने गणेशबहादुर मगरलाई सागरनाथ वन विकाश परियोजनाअन्र्तगत पर्ने हात्तीलेटको जङ्गलबाट बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।
घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा ईलाका प्रहरी कार्यालय मिर्चैया, सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
बलात्कार मुद्दाका दोषीलाई जन्मकैद
सुस्त मनस्थिति भएकी २४ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका २५ वर्षीय एक व्यक्तिलाई जिल्ला अदालत इलामले जन्मकैदको फैसला सुनाएको छ ।
जमुनाहा नाकाबाट एक वर्षमा ५०७ महिला र बालबालिकाको उद्धार
खुला सिमानाको लाभ उठाउँदै नेपालका महिला तथा बालबालिकालाई ललाई फकाई नाका पार गराएर भारतका विभिन्न सहरमा पुर्याउने कार्य निरन्तर जारी छ ।
बलात्कार कसुरमा सात वर्ष कैद
दैलेख जिल्ला अदालतले युवती बलात्कार कसुरमा भगवतीमाई गाउँपालिका–२, रुमका २१ वर्षीय मोहन बुढालाई सात वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सात वर्ष कैद, पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा एक हजार तीन सय रुपियाँ तिर्नुपर्ने फैसला मङ्गलबार भएको हो।
भ्रष्टाचारको बिगो: तिर्ने दायित्व परिवारको
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमान्को मृत्यु भए पनि श्रीमतीबाट असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा आरोपत्रपत्र दायर गरेको छ । अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त एवं फौजदारी कार्यविधि संहिताले प्रस्ट गरे पनि भ्रष्टाचार निवारण ऐनले मरेका व्यक्तिको हकमा सरकारी वा निजी बिगो क्षतिपूर्ति रकम भराउन सकिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार यसरी असुल गर्न आरोपपत्र दायर गरिएको हो ।
मजदुरमाथि अमानवीय व्यवहार गर्ने ठेकेदार पक्राउ
महोत्तरी जिल्लाको लोहारपट्टीमा काम गरेको ज्याला माग गर्ने एक मजदुरलाई चोरी गरेको आरोप लगाउँदै अमानवीय व्यवहार गरेका एक ठेकेदारलाई पक्राउ परेका छन् ।
न्यायाधीश गिरी पक्राउ
जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। वैवाहिक बलात्कारको आरोपमा जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौँको सामाखुसीस्थित पवित्रनगरबाट गिरीलाई पक्राउ गरेको हो। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले आरोपित गिरीलाई पीडित आरती रावल गिरीको कोठाबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।
मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुखविरुद्ध ९५ लाखको मुद्दा दायर
मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाश पोखरेलविरुद्ध ९५ लाख आठ हजार ३४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
विद्युत चोरी गरेको आरोपमा छ जना पक्राउ
विद्युत चोरी गरिरहेको आरोपमा मङ्गलबार जिल्लाको विभिन्न स्थानबाट छ जनालाई प्रहरीले पक्राउ गरेको छ । योसँगै दुई महिनाको अवधिमा विद्युत चोरी गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १३१ पुगेको छ ।
इन्जिनियर मेहता घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्ला, बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहताले घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको छ ।
सालनालसहित फेला परेको मृत शिशुको सनाखत हुन सकेन
रुकुम पश्चिममा सालनाल सहित मृत अवस्थामा फेला परेको एक शिशुको सनाखत हुन सकेको छैन ।
सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने पक्राउ
सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी ४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरुवा बन्दुकसहित एक जना पक्राउ
दाङमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती अन्दाजी साढे १२ बजे गढवा गाउँपालिका वडा नं. ८ डाँडागाउँबाट हतियारसहित मानसिंह सुनारलाई पक्राउ गरेको हो ।
पेस्तोलसहित एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
दिदीबहिनी हत्या प्रकरण: दुई बालिका पक्राउ
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका –३ रन्मामा एकै घरका दुई दिदीबहिनीकाे हत्या आरोपमा दुई बालिकालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रशासकीय अधिकृतविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं, चैत २६ गते । ईशनाथ नगरपालिका रौतहटका तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार एक करोड ४९ लाख ९७ हजार ८६३ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
नक्कली अनलाइन विज्ञापनमार्फत् ठगी गर्ने पक्राउ
महँगा आइफोन, मोबाइल सेट अनलाइन विज्ञापनमार्फत सस्तो मूल्यमा बिक्री गर्ने भनेर ठगी गर्दै आएका उपेन्द्र शाही पक्राउ परेका छन्।
डिजिटल ठगी गरी ६० लाख लिने व्यक्ति पक्राउ
डिजिटल ठगी गरी ६० लाख रुपियाँ लिने पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. २ घर भएका वर्ष २६ को विश्व शर्मालाई साइबर ब्युरोले पक्राउ गरेको छ ।