ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी
बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
श्रीमतीको हत्या गरेर पीताम्बरले गरे आत्महत्या
इलामको माइजोगमाई २ मा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । बिहीबार राती माईजोगमाई– २ का ५७ बर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
टेकुका मेडिकल ल्याब टेक्नोलाेजिस्टविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराईविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ललिता निवास प्रकरण : मीनबहादुरसहितको रिट ‘हेर्न नमिल्ने’मा
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट आज (बिहीबार) सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।
बाँके कारागारमा कैदी झुन्डिएको अवस्थामा भेटिए
नेपालगन्जस्थित बाँके कारागारमा एक जना कैदी शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका छन् ।
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् ।
महोत्तरी प्रहरी कार्यालयका लेखापाल विरुद्ध दुई लाखको भ्रष्टाचार मुद्दा
जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक विनोद विष्टविरुद्ध दुई लाख रुपियाँ घुस लिएको आरोप लागेको छ ।
दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ
दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी पञ्चेश्वर गाउँपालिका–५ बस्ने खट्टे चन्दका छोरी ३९ वर्षीया कलावती चन्द र छोरा ५८ वर्षीय गम्भिर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका आरोपीमाथि प्रहरीले किर्तेसँगै सङ्गठित अपराध कसुरमा पनि अनुसन्धान अघि बढाएको छ ।
ललिता निवास प्रकरण : मीनबहादुरसहितको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज (सोमबार) थप दुई जनालाई पक्राउ गरेको छ ।
ललिता निवास प्रकरणमा थप तीनजना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा आइतबार थप तीन जनालाई पक्राउ गरेको छ।
नापी कार्यालयका सर्वेक्षकविरुद्ध एक लाखको भ्रष्टाचार मुद्दा
नापी कार्यालय, मनमैंजु काठमाडौंका नापी सर्वेक्षक रमेश उपरकोटीविरुद्व सेवाग्राहीसँग एक लाख ७५ हजार रुपियाँ घुस लिएको आरोप लागेको छ।
दुई वर्षीया बालिकासहित आमाको रहस्यमय मृत्यु
रौतहटको मौलापुर नगरपालिका–४ पतौरामामा दुई वर्षीया छोरी र आमा मृत अवस्थामा भेटिएको छ ।
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ
पूर्व सांसद तथा पप्पु कन्स्ट्रकसनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।
ललिता निवास प्रकरण : सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाले दायर गरेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
विष्फोटकाे आरोपमा तीन जना पक्राउ
रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा बम विष्फोटमा संलग्न भएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तहरूलाई सार्वजनिक गरेको हो ।
ललिता निवास प्रकरण : सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई सरकारी वकिल कार्यालय लगियो
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगिएको छ।
ललिता निवास प्रकरणमा हदम्याद लागू हुँदैन : सिआईबी
बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको किर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीले दाबी गरेको छ ।
फेरि खोलियो ललिता निवास फाइल
सरकारले काठमाडौँको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी विभिन्न व्यक्तिका नाममा ल्याएको मुद्दामाथिको अनुसन्धानको फाइल फेरि खोलेको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको झन्डै दुई सातापछि सरकारले ‘हेभिवेट’ अभियुक्त रहेको ललिता निवास जग्गा किर्ते मुद्दाको फाइल खोलेको हो।
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहितका अधिकारीविरुद्ध आज (मङ्गलबार) विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ललिता निवास प्रकरणमा पूर्व निर्वाचन आयुक्त शाह पक्राउ
ललिता निवास प्रकरणमा प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मङ्गलबार काठमाडौंबाट शाहलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो।
ललिता निवास प्रकरण : पक्राउ पर्नेको सङ्ख्या ६ पुग्यो
ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ६ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मङ्गलबार बाठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको हो ।