• १३ साउन २०८१, आइतबार

ललिता निवास प्रकरणमा थप तीनजना पक्राउ

blog

ललिता निवास ।

काठमाडौं, असार १७ गते। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा आइतबार थप तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा विसं २०६० मा काठमाडौँ महानगरपालिका वडा नं ४ का सचिव तथा हाल महागरपालिकाको सहकारी विभागका अधिकृत शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जन रहेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो।

सरकारी लिखत किर्ते मुद्दामा तीनै जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। 

ब्युरोको प्रहरी टोलीले यसअघि उक्त प्रकरणमा चार जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ। ललिता निवास प्रकरणमा ब्युरोले नियन्त्रणमा लिएकाको सङ्ख्या सात पुगेको छ। रासस