• ११ मंसिर २०८१, मङ्गलबार

विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

blog

पक्राउ परेका भारतीय नागरिक र उनको साथबाट बरामद भएको गन्धक । तस्बिर : सशस्त्र प्रहरी

अविनाश चौधरी

धनगढी, असार २२ गते । कैलालीमा ठूलो परिमाणमा कच्चा विस्फोटक पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । बीओपी खोनपुरले कैलारी गाउँपालिका–३ खोनपुर घाटमा विस्फोटक पदार्थसहित उनलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा भारतीय सीमावर्ती बजार चन्दन चौकीका ४२ वर्षीय शिव गुप्ता छन् । उनले विस्फोटक पदार्थ नेपाल भित्र्याइरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका गुप्तासँगै साढे २९ किलोग्राम गन्धक बरामद गरिएको छ । उनले कुन प्रयोजनका लागि विस्फोटक पदार्थ नेपाल भित्र्याएको भन्ने खुल्न सकेको छैन । 

विस्फोटक पदार्थसहित पक्राउ परेका ती व्यक्तिलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय हसुलियामा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । 

गुप्ताले प्लाष्टिकको बट्टामा राखेर साइकलमा गन्धक नेपाल भित्र्याएका थिए । खोनपुर घाटबाट भारतको चन्दनचौकी बजार करिब २÷३ किलोमिटरको दूरीमा छ ।