• ११ पुस २०८१, बिहिबार

ललिता निवास प्रकरण : मीनबहादुरसहितको रिट ‘हेर्न नमिल्ने’मा

blog

काठमाडौं, असार २१ गते । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट आज (बिहीबार) सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङको बन्दी प्रत्यक्षकरणसम्बन्धी रिट निवेदनमा आज पनि सुुनुवाइ हुन नसकेको हो ।

बिहीबार सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीकाे संयुक्त इजलासमा उक्त रिट निवेदको पेसी तोकिएको थियो ।

उक्त रिट निवेदन मङ्गलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा परे पनि ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारिएको थियो ।

यसअघि असार १५ गते न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिँदै २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । सोही आदेश बमोजिम प्रतिवादीका तर्फबाट लिखित जवाफ प्राप्त भएपछि आज सुनुवाइका लागि पेसी तोकिएको थियो ।

यसैगरी, असार १५ गते न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिँदै २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । इजलासले निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो भन्ने सन्दर्भमा मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।