• ११ मंसिर २०८१, मङ्गलबार

महोत्तरी प्रहरी कार्यालयका लेखापाल विरुद्ध दुई लाखको भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, असार २० गते । जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक विनोद विष्टविरुद्ध दुई लाख रुपियाँ घुस लिएको आरोप लागेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा निज विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको जनाइएको छ । 

आरोपित विष्ट उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो ।