काठमाडौं, असार १५ गते । पूर्व सांसद तथा पप्पु कन्स्ट्रकसनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले रौनियारलाई शुक्रबार काठमाडौंको बानेश्वर क्षेत्रबाट प्रहरीले पक्राउ परेको जानकारी दिनुभयो ।
रौनियारविरुद्व यसअघि बाँके जिल्ला अदालतमा ठगी गरेको मुद्दा परेको थियो ।