बैंकको कर्मचारी ११ लाख ठगी गर्ने पक्राउ
विभिन्न बैङ्कको आधिकारिक कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ११ लाख १२ हजार ८४० रुपियाँ ठगी गर्ने महमद मोजाहीद मियालाई प्रहरीले पक्राउ गरेको छ।
ललिता निवास प्रकरण : थप दुई पूर्वकर्मचारी पक्राउ
ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सो प्रकरणमा मङ्गलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
नक्कली प्रमाणपत्रले जागिर खाएका शिक्षकविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीएससीको नक्कली प्रमाणपत्र पेश गरेर लाभ र सुविधा लिएको आरोपमा एक शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ।
छोरी बलात्कारको कसुरमा ३३ वर्ष कैद फैसला
जिल्ला अदालत दैलेखले १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसुरमा ५० वर्षका एक जनालाई ३३ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार भएको उक्त फैसला भएको सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
तस्करको फन्दामा श्रमिक
वैदेशिक रोजगारीमा खाडी मुलुक दुबई, कतार, मलेसियालगायतका मुलुकबाट स्वदेश फर्किने नेपाली श्रमिक सुनको अवैध तस्करीमा प्रयोग हुने गरेको खुलेको छ । कतार एयरलाइन्सबाट नेपाल फर्किएका धनुषाका सुनीलकुमार महरा, नरेश पन्जियार, सिरहाका दिनेशकुमार यादव, कपिलवस्तुका सन्तु गुलाम मुराउ र बाँकेका भुमबहादुर वलीले जनही साथमा बोकेर ल्याएको ४८ ग्राम सुनसहित तस्करीको गिरोहले बोकाएर पठाएको अनुसन्धानबाट खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीले खाडी मुलुकबाट फर्किने श्रमिकहरू सुनलगायत महँगा वस्तुको तस्करीमा प्रयोग हुने गरेको पाइएको बताउनुभयो ।
माल्टा पठाइदिन्छु भनी रकम ठगेको आरोपमा महिला पक्राउ
माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्ने २९ वर्षीया सुष्मा तामाङ हुनुहुन्छ ।
कतारबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
नागरिकता बनाइदिन्छु भन्दै एक लाख उठाउने भारतीय नागरिक पक्राउ
झापाको दमकमा भारतीय नागरिकहरूलाई नागरिकता निकालिदिन्छु भनेर रकम उठाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । यस्तो गिरोह तथा व्यक्तिहरूलाई प्रहरीले निगरानी बढाएको हो ।
नागरिकता लिन खोज्ने नक्कली बाबुछोरा पक्राउ
नक्कली बाबु–छोरा बनेर नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका –५ का चेतन गजमेर, भुवनसिंह गजमेर रहेका छन् ।
भाउजूको हत्या गर्ने देवर पक्राउ
रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
दुर्घटनाको प्रमुख कारक बन्दै ‘लापसे’
कोशी प्रदेशमा लागूपदार्थ सेवन गरेर ट्रिपर वा अन्य सवारी साधन कुदाउँदा दुर्घटना बढेको बताइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजेशनाथ बास्तोलाले मादक पदार्थ सेवन जस्तै लागूपदार्थ सेवनले दुर्घटना बढाएको बताउनु भएको हो ।
दाेहाेराे नागरिकता लिएका उपप्रमुख यादवलाई पाँच दिन हिरासतमै राख्न आदेश
नेपाल र भारत दुवै देशको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत सप्तरीले अनुमति दिएको छ ।
सञ्चार सचिवसहित तीन जना पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ। ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न भएको पाइएपछि राउतलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले राउत पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्यसचिवलाई जानकारी गराएको छ।
रकम लुटेको आरोपमा वडाअध्यक्ष पक्राउ
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष विनोदसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
ललिता निवास प्रकरण : थप दुई पक्राउ
ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याल रहेका सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो।
जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद
तनहुँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो ।
काठमाडौंको मर्निङ वाकमा लुटपाट : पाँच जना पक्राउ
काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लुटपाटमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षत्री र धनकुटाका राहुल माझी, भारत पश्चिम बङ्गाल घर भएका ४२ वर्षीय श्रीकान्त माइतीलाई पक्राउ गरेको जानकारी गराएको हो।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सर्लाहीको गोडैता नगरपालिका –१२, मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । गडहीयाबाट मधुवनीतर्फ गइरहेको प्रदेश २–०३–०१२ प ९७४४ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागि चालक धनकौल गाउँपालिका –१, बस्ने ४५ वर्षीय सोनालाल राउतको मृत्यु भएको हो ।
हत्या गरेको आरोपमा प्रेम पक्राउ
कान्छी आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका –४, पथलैयास्थित अशोक जैसवालको घरभाडामा बस्ने भारतीय ३९ वर्षीया मिरा भगतको हत्या गरेको आरोपमा २० वर्षीया प्रेम भगतलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बेपत्ता छोरीको खोजी गरिदिन आमाबुवाको हारगुहार
बाँके होलियाका नारायण कुर्मी दम्पतीले आफ्नी १९ वर्षीया छोरी रेश्मालाई बेपत्ता पारिएको जनाउँदै खोजी गरिदिन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।
मिटरब्याजसम्बन्धी २४ हजार उजुरी, एक हजार तीन सय मिलापत्र
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये आजसम्म एक हजार तीन सय ८५ वटा उजुरीमा मेलमिलाप भएको छ ।
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
सर्लाहीको हरिवन नगरपालिका-५, घुर्कौलीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
धनुषा नगराइनका वडाध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडाअध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चिरान काठसहित चालक र भ्यान नियन्त्रणमा
बर्दिबास क्षेत्रबाट प्रहरीले पिकअप भ्यानसहित अवैध काठ बरामद गरेको छ । प्रहरीले बा १८ च १३७१ नम्बरको पिकअपबाट सालको करिव ७७ क्यूफिट बराबरको १९३ थान चिरान काठ नियंत्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।