• १२ असार २०८१, बुधबार

माल्टा पठाइदिन्छु भनी रकम ठगेको आरोपमा महिला पक्राउ

blog

प्रहरीले पक्राउ गरेको गोरखाको पालुङटार नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्‍ने २९ वर्षीया सुष्मा तामाङ । तस्बिर : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

काठमाडौं, असार २५ गते  । माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्ने २९ वर्षीया सुष्मा तामाङ हुनुहुन्छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सोमबार तारकेश्वरबाट तामाङलाई पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारबाहीका लागि तामाङलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

तामाङले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै पटक–पटक गरी पाँच लाख ८५ हजार रुपियाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।