पार्किङ शुल्क लिए ९८५१०५१६१० मा उजुरी गर्न सकिने
व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल उजुरी गर्न सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । गुनासो सुन्ने अधिकारीको रूपमा महानगरपालिकाले नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ ।
नेदरल्याण्ड पठाइने भनेर ४४ लाख ५० हजार ठगी गर्ने पक्राउ
नेदरल्याण्डमा वैदेशिक रोजगारीमा पठाइदिने भनेर पीडितहरूबाट ४४ लाख ५० हजार रुपियाँ ठगी गर्ने ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीका लेखापाल राउतविरुद्ध एक लाख २५ हजार भ्रष्टाचार मुद्दा
महोत्तरीको सम्सी गाउँपालिका लेखापाल रौशन कुमार राउतविरुद्ध एक लाख २५ हजार भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।
घुस लिएको आरोपमा इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा
रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
वन्यजन्तुको सुकुटीसहित तीन जना पक्राउ
दाङमा प्रहरीले १७ केजी वन्यजन्तुको सुकुटीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ निवासी ३० वर्षीय मनोज थापामगर, सोही ठाउँ निवासी ३१ वर्षीय करण केसी र लमही नगरपालिका वडा नम्बर ६ निवासी ४५ वर्षीय नुरबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
टोखा नगरपालिका–९ मिलन टोलस्थित राजेन्द्रप्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा बैतडी पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्रबहादुर थापा समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार
कपिलवस्तुको शिवराज नगरपालिकाको आधारभूत अस्पतालमा महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार भएको छ ।
मञ्जुको हत्या गर्ने तीन महिला पक्राउ
एक महिलाको हत्या गरेको आरोपमा कैलाली प्रहरीले तीन महिलासहित चार जनालाई पक्राउ गरेको छ ।
साइप्रस पठाउने भनेर दुई लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीका लागि साइप्रस पठाउँछु भनेर दुई लाख रुपियाँ ठगी गर्ने सिन्धुली सुनकोशी गाउँपालिका-३ का राजन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकल ठक्करले बालकको मृत्यु
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ मा नम्बर नखुलेको एक मोटरसाइकलले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ ।
सय किलो सुन प्रकरण : टोखास्थित एक कारखानामा राजस्वको छापा
सय किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले शनिबार राति टोखस्थित एक कारखानामा छापा मारेको छ।
चाबहिलका नापी अधिकृतविरुद्ध एक करोड बढीको भ्रष्टाचार मुद्दा
नापी कार्यालय, चाबहिल (हाल नापी विभाग)मा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध एक करोड चार लाख बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मेडिकल र डेन्टल सञ्चालकलाई जरिवाना
बिक्री गर्न र प्रयोग गर्न नपाइने निषेधित औषधि बिक्री तथा प्रयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले इलामका एक मेडिकल सञ्चालक र एक डेन्टल सञ्चालकलाई जरिवाना गरेको छ ।
बाँकेमा बढ्दै लागूऔषधका घटना
इलाका प्रहरी कार्यालय कोहलपुरले गत मंगलबार कोहलपुर नगरपालिका–११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट लागूऔषध अफिम ५ किलो तीनसय ६८ ग्रामसहित तिला गाउँपालिका–३ जुम्लाका ४१ वर्षीय हरिप्रसाद भट्टराई, सोही ठाउँका ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराईलाई नियन्त्रणमा लियो ।
भन्सार छलेर ल्याइएको करोड मूल्यको हुक्का बरामद
झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाबाट एक करोड एक लाख बराबरको हुक्काको फेबर, कोइला, कोललगायातका सामग्री बरामद गरिएको छ ।
जबर्जस्ती करणी गर्ने युवक पक्राउ
तानसेनको एक होटलमा जबरजस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीकी २५ वर्षीया महिलालाई डरधम्की देखाएर जबरजस्ती करणी गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
यार्सागुम्बासहित एक जना पक्राउ
अवैध रुपमा जडीबुटी विक्री वितरण गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय म्याग्दीले जुम्लाका एक जना खुद्रा व्यापारीलाई पक्राउ गरेको छ ।
बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ
एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा काठ तस्करी
बाँकेको डुडुवा गाउँपालिकास्थित एक सामुदायिक वनका पदाधिकारीले काठ तस्करसँग मिलेर काठ चोरी तथा तस्करी गरेको उपभोक्ताले आरोप लगाएका छन् ।
चिनियाँ नागरिक बस्ने घरमा राजस्वको छापा
राजश्व अनुसन्धान विभागले काठमाडौँको लाजिम्पाटस्थित एक चिनियाँ नागरिक बस्ने घरमा छापा मारेको छ।
वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैङ्क लुटपाट आरोपमा भारतीय नागरिक पक्राउ
महोत्तरी गाउँपालिका २ स्थित बजार क्षेत्रमा रहेको एनएमबी बैङ्कमा लुटपाट गर्ने समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितका प्रतिनिधिले पीडितबाटै पैसा उठाउँछन्
जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा व्याप्त मिटरब्याजी समस्या समाधानमा जुटिरहँदा मिटरब्याजी पीडित सङ्घर्ष समितिकै केही व्यक्तिहरूद्वारा आफूहरू थप पिडामा परेको सप्तरीका मिटरव्याज पीडितहरूको आरोप रहेको छ ।
श्रीमानद्वारा श्रीमतीको हत्या
सिमौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली बस्दै आएको राज चुडिहारले बुधबार बिहान ३ बजेको समयमा सुती रहेका २७ वर्षीया श्रीमती आसमी चुडिहारलाई धारिलो हतियारले घाँटीमा पटकपटक प्रहार गरी हत्या गरेका हुन् ।