• ११ मंसिर २०८१, मङ्गलबार

महोत्तरीका लेखापाल राउतविरुद्ध एक लाख २५ हजार भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, साउन १५ गते । महोत्तरीको सम्सी गाउँपालिका लेखापाल रौशन कुमार राउतविरुद्ध एक लाख २५ हजार भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार राउतले सम्सी गाउँपालिका वडा नं. ५ मा सञ्चालन भएको कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात् उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग सो रकम लिएका हुन् ।

राउतलाई भ्रष्टाचार निवार ऐन, २०५९ बमोजिम जरिवाना सजायसमेत हुन माग दाबी लिई सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।