• ११ मंसिर २०८१, मङ्गलबार

चिनियाँ नागरिक बस्ने घरमा राजस्वको छापा

blog

फाइल तस्बिर

काठमाडौं, साउन ११ गते। राजश्व अनुसन्धान विभागले काठमाडौँको लाजिम्पाटस्थित एक चिनियाँ नागरिक बस्ने घरमा छापा मारेको छ। 

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार त्रिभुवन विमानस्थलबाट बरामद गरिएको करिब एक क्विन्टल सुन तस्करीमा संलग्न भएका चिनियाँ नागरिक जिक्वाङ् ली बस्ने घरमा छापा मारिएको हो। 

राजश्वको टोलीले केही कागजात र केही सामान बरामद गरेर अहिले उक्त स्थानलाई सिल लगाएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “पक्राउ परेका चिनियाँ नागरिक आवतजावत गर्ने घरमा आवश्यक अनुसन्धानका लागि छापा मारिएको हो। केही त्यस्तो ठुलो कुरा फेला परेन। केही कागजात र सामान मात्र भेटिएको छ। ”

ली पक्राउ परेपछि उनी आवतजावत गर्ने घरमा छापा मारिएको ढुङ्गानाले बताउनुभयो। एक क्विन्टल सुन बरामद प्रक्ररणमा अहिलेसम्म १७ जना थुनामा छन्।  

यो पनि पढ्नुहोस

सुन प्रकरणः रेडी ट्रेडको गोदाममा छापा, एक पक्राउ

सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

झण्डै सय किलो सुन बरामद