राधा लुइटेल
फिदिम जेठ २६ गते । पाँचथर प्रहरीले फिदिम नगरपालिका–२ बाट प्रतिवन्धित खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
फिदिम–२ स्थित एक घरमा प्रतिवन्धित लागु औषधको कारोबार हुने गरेको गोप्य सूचनाका आधारमा छापा मार्दा ३ ग्राम ५ सय १० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ख्यामराज घिमिरेले जानकारी दिनुभयो ।
अनुसन्धानमा प्रभाव पर्ने भन्दै पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु गरेको घिमिरेको भनाइ छ ।