• १५ असार २०८१, शनिबार

घुस लिएको आरोपमा इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, साउन १५ गते । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर यादवविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा सो आरोपपत्र दायर गरिएको हो ।

यादवले कोटहीमाई गाउँपालिका-७ अन्तर्गतको सडक पिसिसि ढलान र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात् भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग ४५ हजार रुपियाँ घुस लिएको आरोप लागेको आयोगले जनाएको छ ।